मुख्य समाचार

बीसबर्षे सार्बजनिक सवारी चैतदेखि देशभर प्रतिबन्ध

बीसबर्षे सार्बजनिक सवारी चैतदेखि देशभर प्रतिबन्ध

काठमाडौं । सरकारले आगामी चैत १ देखि देशैभर बीसबर्षे पुराना सार्बजनिक कालाे प्लेटसवारी प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ ।


त्यसका लागि यातायात व्यवस्था विभागले सम्पूर्ण तयारी गरिसकेको छ ।

बीसबर्षे पुरानो सवारी कति प्रयोगमा छन् भनेर अहिले दशभरबाट लगत संकलनको काम भइरहेको विभागका प्रबक्ता टोकराज पाण्डेले जानकारी दिए ।

विभागले २०७३ फागुनदेखि काठमाडौं उपत्यकामा बीसबर्षे सार्बजनिक सवारी प्रयोगमा प्रतिबन्ध लगाएको थियो ।

उपत्यकामा बीसबर्षे सार्बजनिक सवारी प्रयोग प्रतिबन्ध नियम कार्यान्वयनमा विभाग सफल भएको उनको दाबी छ । काठमाडौं उपत्यकाभित्र बीसबर्षे सार्बजनिक सबारी छैन ।

विभागले उपत्यकामा बीसबर्षे सार्बजनिक सवारी प्रतिबन्ध लगाएको एक सातामा सबै सवारी हटेको उनको भनाइ छ ।
अन्नपूर्ण पोष्ट

विशेष