मनोरञ्जन

बाबा रामदेवसँग बिहे गर्न चाहन्छिन राखी

बाबा रामदेवसँग बिहे गर्न चाहन्छिन राखी


एजेन्सी । बलिउडमा निकै चर्चित नाम हो राखी सावन्त । जो धेरै पटक आफ्ना विवादास्पद भनाईको कारण चर्चामा आउने गर्छिन् ।

३८ औं जन्मदिन मनाइरहेकी सावन्त पछिल्लो पटक फिल्म पद्मावतीको विषयमा गरेको टिप्पणीका कारण निकै विवादमा समेत तानिएकी थिइन् । उनले भर्खरै आफुले योगगुरु बाबा रामदेवसँग विवाह गर्नको लागि तयार रहेको भनार्इ सार्वजनिक गरेकी छिन् ।

राखी सावन्त अन्न हजारेको टीमसँग पनि रिसाएकी थिइन्, र उनले कयौंपटक हजारेलाई भेट्न खोजेपनि त्यो अवसर जुट्न सकेन । उनले आफूलाइ हजारेसँग भेट्न दिइएको खण्डमा उनको मौन व्रत तोड्नसक्ने दाबी गरेकी थिइन् । त्यस्तै, फिल्म तनु वेड्स मनुका लागि एक म्युजिक भिडियामा कंगनालाई मिकासँग किस सिन दिनु थियो । तर उनले आफू राखी सावन्त नभएको जो यस्तो सिन गर्न सकुन् भन्दै प्रतिक्रिया दिएकी थिइन् । त्यसपछिको एक पार्टीमा मिकाले राखीलाई सवैको अगाडि किस गरेका थिए ।  

अमेरिकाको शिकागो शहरमा आयोजित प्री इन्डिपेन्डेन्स पार्टीको अवसरमा राखी सावन्त शार्ट व्याक ड्रेसमा देखिएकी थिइन । उनको कालो कपडामा प्रधानमन्त्री नरेन्द्र मोदीको फोटो प्रिन्ट गरिएको थियो ।   उनको त्यस पहिरन उत्तेजक खालको थियो । जसको तस्वीर उनले सामाजिक सञ्जालमा राखेकि थिइन् । जसको चर्को आलोचना भएको थियो ।

विशेष