समाज

नरेन्द्र सिंह डीआईजी हुँदा बाहिनीभित्रै बसेकी महिला यिनै हुन्

अवकाश पाएको अघिल्लो दिन नै १० लाख रुपैयाँ उठाएको दाबी

नरेन्द्र सिंह डीआईजी हुँदा बाहिनीभित्रै बसेकी महिला यिनै हुन्

काठमाडौं । प्रहरी सेवामा प्रवेश अवधि ढाँट्दै १६ महिना बढी जागिर खाएर शुक्रबार मात्र अवकाश पाएका विवादास्पद सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) नरेन्द्र सिंहले आफ्नो जागिर जाने पक्कापक्की भएपछि मातहत निकायका इञ्चार्जहरुलाई बोलाएर १० लाख रुपैयाँ असुलेको समाचार छ ।

मध्यक्षेत्र बाहिनी पथलैयाका डीआईजी सिंहले आफ्नो जागिर जाने निश्चित भएपछि मातहत निकायका इञ्चार्जहरुलाई टेलिफोन गर्दै बिहीबार बेलुकीसम्म सो रकम संकलन गरेको स्रोतको दाबी छ । डीआईजी सिंहले आफ्नै मातहतका इञ्चार्जहरुसँग रकम असुलेको घटना यो नै नौलो होइन । पश्चिम क्षेत्रको बाहिनीपति हुँदादेखि नै उनले यो धन्दा थालेका थिए । मध्यक्षेत्र आएपछि उनले यसलाई तिब्रता दिएका थिए । उनले रकम असुलेको उजुरी परेपछि सशस्त्र प्रहरी मुख्यालयले छानबिनसमेत थालेको थियो । तर शक्तिकेन्द्रको आडमा सशस्त्र मुख्यालयले उनलाई सचेत मात्र गराएको थियो ।

डीआईजी सिंहले सेवा प्रवेश अवधि ढाँटेको पुष्टि भएपछि शुक्रबार मात्र अनिवार्य अवकाश पाएका थिए ।

उता, भान्जी भन्दै लामो समयदेखि बाहिनी कार्यालयभित्रै राखिएकी महिलाको तस्बिर पनि हामीले पाएका छौं । तस्बिरमा डीआईजी सिंह पनि पूजा गर्न तयारी अवस्थामा रहेको देखिन्छ ।

काभ्रेको पनौती घर भएका अनुपमा अधिकारीलाई डीआईजी सिंहले ‘भान्जी’ भनेर लामो समयदेखि आफूसँगै राखेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ ।

ती महिलाको सबै खर्च डीआईजी सिंहले नै टारिदिएको र उनलाई हिडडुलका लागि सरकारी गाडीसमेत उपलब्ध गराएको पनि सशस्त्र स्रोतले जनाएको छ । डीआईजी सिंहको परिवार र आफन्त आउँदा भने सिंहले ती महिलालाई बाहिनी कार्यालय भन्दा बाहिर लिइएको कोठामा राख्ने गरेको पनि पाइएको छ ।

स्रोतका अनुसार, अनुपमा अधिकारी नामक ती महिलाको व्यवहारका कारण बाहिनीका सशस्त्र कर्मचारीहरु नै हैरान हुँदै आएका थिए । उनले तल्लो तहका कर्मचारीहरुलाई आफू मालिक्नी भएको भन्दै तल्लो स्तरका गाली गलौज गर्दै आएकी थिइन् । उनले सिपाहीदेखि हवल्दारसम्मका तल्लो तहका कर्मचारीलाई निकृष्ट भाषामा गालीगलौज गर्ने गरेको पनि स्रोतको दाबी छ । डीआईजी सिंहले अवकाश पाएसँगै ती महिलालाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने पनि तल्लो तहका कर्मचारीको माग छ ।

उनले सार्वजनिक स्थलमा समेत डीआईजी सिंहलाई कहिले मामा र कहिले काका भन्दै चुम्बन खाने गरेको पनि बताइएको छ । सिंह पथलैया आएको फागुन दोस्रो साता एक वर्ष पुग्दै थियो । ती महिला सिंह पोखराको बाहिनीपति हुँदा पनि पोखरामै बस्ने गरेको पनि पाइएको छ ।

 र, याे पनि 

सशस्त्रका डीआईजी सिंहलाई सार्वजनिक स्थलमै महिलाको ‘किस’

 

 

विशेष