खेल

विश्व क्रिकेट महिला छनोटमा नेपाल तेस्रो

विश्व क्रिकेट महिला छनोटमा नेपाल तेस्रो

काठमाडौं । आइसीसी विश्व क्रिकेट महिला छनोटमा नेपाल तस्रो भएको छ ।

आज भएको खेलमा नेपालले हङकङलाई ३६ रनले हराउँदै तेस्रो बनेको छ । टस हारेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९५ रन बनाएको थियो । नेपालका लागि सर्वाधिक ३८ रनको योगदान नेरी थापाले गरिन भने कप्तान रुविना क्षेत्री १५ रनमा नटआउट रहँदा करुणा भण्डारी पनि १४

रनमा अविजित रहिन् । हङकङका लागि एम हिल र लाम्पोकले समान २ -२ विकेट लिए । जवाफि व्याटिङ गरेको हङकङले १९ ओभर ५ बल खेल्दै सबै विकेट गुमाउँन पुग्यो । हङकङका लागि सर्वाधिक रन चानसुहारको नाममा १३ रन रहयो भने केइ चानको ११ रनबाहेक हङकङका कुनै पनि खेलाडिले दोहोरो अंक बनाउन सकेनन् । हङकङलाई सस्तो मै समेटन नेपालकी करुणा भण्डारीले सर्वाधिक तिन विकेट लिइन ।

विशेष