युएर्इसँगकाे खेलका लागि १४ सदस्यीय टाेलीकाे घाेषणा
विश्व क्रिकेट लिग अन्तर्गत सातौँ चरणको युएईसँगको खेलको लागि १४ सदस्यीय नेपाली क्रिकेट टिमको घोषणा गरिएको छ ।
मुख्य प्रशिक्षक जगत टमटाले आज १४ सदस्यिय खेलाडीको अन्तिम नामावली घोषणा गरेका हुन् । युएई बिरुद्धको खेल डिसेम्बर ६ र ८ तारिखमा शेख जयेद स्टेडियम, अबुधाबीमा हुनेछ । युएईसँग खेल्नु अघि नेपालले अमेरिकासंग डिसेम्बर १ र केन्यासंग ३ तारिकमा खेल्ने छ ।
१४ सदस्यीय टिममा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, करन केसी, सुशील कँडेल रहेका छन् । यस्तै ललित भण्डारी, आरिफ शेख, दिपेन्द्र ऐरी, सन्दिप लामिछाने, दिलिप नाथ पनि टिममा छन् । नेपाली टिम २९ तारिखमा युएई प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
पारस खड्काको कप्तानीमा मुख्य प्रशिक्षक टमटाले आज १४ खेलाडीको अन्तिम नामावली घोषणा गरेका हुन् । लिग तालिकामा नेपाल नाैं अंकका साथ छैठाैं स्थानमा छ ।