मनोरञ्जन

पाकिस्तानको सांस्कृतिक कार्यक्रममा नेपालीकाे प्रस्तुति (भिडियोसहित)

पाकिस्तानको सांस्कृतिक कार्यक्रममा नेपालीकाे प्रस्तुति (भिडियोसहित)

काठमाडौं । पाकिस्तानको कराँचीमा नेपालका बौद्ध धर्मागुरु तथा समाजसेवी छोग्याल रिम्पोछेले  सांगीतिक प्रस्तुति दिएका छन् । कराँचीमा भएको सिन्ध सांस्कृतिक कार्यक्रममा उनले आफ्नो प्रस्तुति दिएका हुन् ।

शुक्रबारबाट सुरु भएको दोस्रो  सिन्ध लिट्रेचर फेस्टिभलमा सिन्धहरुको लोक कला प्रस्तुत गरिएको थियो । यस्ता सांस्कृतिक कार्यक्रमले आफ्नो संस्कृतिको जगेर्ना गर्नेबारे त्यहाँका सिन्ध सांस्कृतिक मन्त्री सिड सरदारले धारणा राखेका  थिए ।

कार्यक्रममा विभिन्न गायक तथा सांगीतिक ब्याण्डले आफ्नो प्रस्तुति  दिएका थिए । जसमध्ये छोयगल रिम्पोछे पनि एक थिए । पाकिस्तानजस्तो मुस्लिमको बाहुल्यता भएको देशमा एक नेपाली बौद्ध भिक्षुले स्थान पाउनु महत्वपूर्ण मान्न सकिन्छ । 

छोग्याल रिम्पोछे समाजसेवी हुन् । काठमाडौंको जोरपाटीस्थित बीआइए फाउण्डेसनमा उनले धेरै शारिरीक रुपमा अशक्तता व्यक्तिलाई सहारा दिँदै आएका छन् 

छोग्याल रिम्पोचेको जन्म ई. सं. १९८५ , नेपालमा भएको थियो । उनको बिहारिक जिवन ५ बर्षको उमेरमा नै सिक्किमको रुम्तेक तथा जुर्मङ बिहारबाट शुभआरम्भ भएको हो । जहाँ उनले १० बर्ष सम्म ध्यान र बज्रयानी बिधीको अभ्यास गरेका थिए । त्यस पश्चात श्री दिवाकर बुद्धिस्ट ईन्स्टिच्युट जोङ्गसर बुद्धिस्ट फिल्लिपिन्स मा १० बर्ष अध्ययन गरेका थिए । २०१० मा उनले  बुद्धिस्ट दर्शन विषयमा खेन्पो डिग्री प्राप्त गरी स्नातकोत्तर गरे । २०१० देखि २०१३ सम्म उनी चीनको बिभिन्न ठाँउ विषेश गरी तिब्बत भ्रमणमा रहे । रिपास तथा योगीहरु  समिप गएर कैलाश पर्बतमा निकै समय ब्यतित पनि गरेका थिए  । उनि संसारको २० भन्दा बढी देशहरु पुगी ज्ञान प्राप्ति को लागि बिभिन्न धार्मिक बिषयबस्तुहरु जस्तै ईसाईवाद , हिन्दुवाद , ईस्लाम ईत्यादी को सुक्ष्मरुपमा अध्ययन गरे ।

साथै स्विट्जरल्यान्डबाट मनोबिज्ञान बिषयमा पनि धेरै अध्ययन गरे  । विश्वमा नै शान्ति, माया, कृपा, ज्ञान र ध्यानको दियो जलाउनको लागि तत्पर उनी आध्यात्मिक तथा सामाजिक गतिबिधिहरुमा कृयाशील भएर अघि बढी रहेका छन ।

विशेष