मनोरञ्जन

‘मिस युनिभर्स’ बाट बाहिरिइन् नग्मा श्रेष्ठ

‘मिस युनिभर्स’ बाट बाहिरिइन् नग्मा श्रेष्ठ

काठमाडौं । पहिलोपल्ट ‘मिस युनिभर्स’मा भाग लिएको नेपाल पहिलो चरणबाटै बाहिरिएको छ।

नेपालको तर्फबाट नग्मा श्रेष्ठले ‘मिस युनिभर्स’मा सहभागिता जनाएकी थिइन्। अमेरिकाको लस भेगासस्थित एलेक्सेस थिएटरमा सोमबार बिहान सुरु भएको फाइनल राउन्डमा उनी अन्तिम १६ मा अटाउन सकिनन्।

विश्वका ९२ सुन्दरीले भाग लिएको यस प्रतिस्पर्धामा टप ५ मा कोलम्बियाकी लाउरा गोन्जालेज, जमैकाकी डाभिना बेनेट, दक्षिण अफ्रिकाकी डामी लेगा नेल पिटर्स, थाइल्यान्डकी मारिया पुनलेर्टरार्प र भेनेजुयलाकी केइसी सियागो प्रवेश गरेका छन्।

नग्मा यो प्रतियोगितामा भाग लिन दुई साताअघि अमेरिका गएकी थिइन्। उनी ‘मिस युनिभर्स’मा भाग लिने पहिलो नेपाली सुन्दरी हुन्।

विशेष