ऋचा शर्माले किन खेलिन् बलिउडमा गएर सेक्ससँग सम्बन्धित चलचित्र ?
काठमाडौं । बलिउड फिल्म ‘क्यारी अन कुत्तों’ मा नेपाली अभिनेतृ ऋचा शर्माले पनि अभिनय गरेकी छिन् । यो चलचित्र २०१६ को जुलाई महिनादेखि प्रदर्शनमा आएको थियो । यो चलचित्र रिलिज भएको पाँचौं दिनपछि सलमान खान अभिनित चलचित्र सुल्तान प्रदर्शनमा आयो ।
जसले गर्दा क्यारी अन कुत्तोंलाई सबै हलबाट निकालियो र सुल्तान नै मल्टिप्लेक्सको रोजाइ बन्यो । जम्मा पाँच दिन हलमा लागेको चलचित्रबाट निर्माताले कमाउने कुरै भएन । यसको पहिलो दिनको बक्स अफिस कलेक्सन जम्मा पाँच लाख मात्र थियो ।
चलचित्रले न हल पायो न दर्शक । तर नाटकपे्रमी दर्शकहरुले तारिफ भने गरेका थिए । यस चलचित्रमा मौसीको भूमिकामा छिन् नेपाली सुन्दरी ऋचा शर्मा । नेपालमा पनि उनी अभिनित चलचित्र व्यावसायिक सफलता पाउने दृष्टिकोणले हेर्ने हो भने औषत मात्र छन् । तर उनको जादुमयी अभिनयमा उनले दिएको जीवन्त कलाको सबैले तारिफ गर्छन् ।
टलकजंग भर्सेज टुल्केले त उनलाई एउट नयाँ उचाई नै दिएको थियो । फस्ट लभले एक किसिमले नेपाली सिनेमा नहेर्ने दर्शकको ध्यान समेत तानेको थियो भने भिसा गर्ल उनको रुचाइएको चलचित्र हो । उनले नेपालमा नाम दाम राम्रोसँग कमाएकै थिइन् त किन सानो बजेटको फिल्म खेल्न बलिउड धाउनु पर्यो । त्यो पनि उनको भूमिका अत्यन्तै तल्लो स्तरको छ ।
बलिउड भन्दैमा सबै सिनेमा उत्कृष्ट हुन्छन् नै भन्ने छैन । कुनै कुनै त गएगुज्रेका पनि हुने गर्छन् बलिउड चलचित्रहरु । त्यसमध्ये क्यारी अन कुत्तोेंको चर्चा बलिउडमा कहिले पनि सुनिँदैन । भारतको उत्तरप्रदेशस्थित बलिया भन्ने सानो शहरको कथा भन्छ यस सिनेमाले । क्यारी चलचित्रको मुख्य नायकको जिन्दगीको लक्ष्य नै आफ्नो भर्जिनिटी गुमाउने सोचले ग्रसित छ ।
यस्तैको शिकार हुन्छिन् ऋचा शर्मा पनि । चलचित्रले चित्र देखाउन सुरु गर्ने बितिकै उनको यौन उत्तेजक अवस्थाको चित्रण गरिन्छ । अर्थात ऋचासँग आफ्नो भर्जिनिटी तोड्न लाग्दा झुप्रो भत्किएको दृष्य जति हाँस्यास्पद छ, त्यो भन्दा धेरै घिनलाग्दो छ । त्यो घिनलाग्दो दृष्य नै ऋचाले दिएकी छन् । चलचित्रको कथाबस्तु यही विन्दुबाट सुरु हुन्छ ।
पूरै फिल्ममा उनको भूमिका अत्यन्तै गौण छ र उल्लेख्य छैन भन्दा पनि हुन्छ । धेरैले उनको यो भूमिकालाई आलोचना पनि गरेका छन् । चलचित्र पूरै सेक्ससँग सम्बन्धित भएकाले पनि यस्तो भल्गर शैलीको चलचित्र नखेलेको भएपनि हुन्थ्यो भन्ने नेपाली दर्शकलाई लाग्नु स्वभाविक नै हो । जब उनले यहाँसम्मको सिन दिएकी छन् भने सिनेमाको कास्टको नाम आउँदा उनको नाम छोडिन्छ । उनलाई सिनेमामा तेस्रो दर्जा दिइएको छ ।
यो प्रसंग यस कारणले उतार्न खोजिएको हो की अहिले नेपाली सिनेमा उद्योग ऋचा शर्माको एक अभिव्यक्तिलाई लिएर तात्तिएको छ । उनले हालै राजधानीमा सम्पन्न एकादेशमा भन्ने फिल्म फेस्टिबलको एक गोष्ठीमा छक्का पञ्जा जस्तो महिलालाई होच्याइएर देखाइएको फिल्ममा दर्शकले ताली बजाएको कुरा आफूलाई असह्य भएको बताएकी थिइन् । उनले सो चलचित्रकी निर्देशक दीपाश्री निरौलामाथी प्रश्न गर्दै भनेकी छिन्, ‘महिला भएर महिलामाथि अन्याय गर्ने सिनेमा कसरी बनाउन सक्नु भयो ?’
छक्कापञ्जा र छक्कापञ्जा २ दुईवटै चलचित्र व्यावसायिक रुपमा सफल मानिएका चलचित्र हुन् । त्यसमा पनि छक्कापञ्जा २ को व्यापार १० करोड रुपैयाँभन्दा माथि छ । यसले के देखाउँछ भने नेपाली चलचित्रका दर्शकहरु महिलालाई तल पारिएका फिल्म हेर्न रुचाउँछन्, उनको अभिव्यक्तिको सार त्यही थियो ।
तर उनको अभिव्यक्तिप्रति रुष्ट हुँदै नायिका प्रियंका कार्की, अर्की नायिका स्वस्तिमा खड्कालगायत दीपकराज गिरी र दीपाश्री निरौलाले उनले खेलेका सिनेमाहरु दर्शकलाई गाली गर्ने भएर नै सफल हुन नसकेका हुन् भन्दै व्यंग्यात्मक शैलीमा उनको अभिव्यक्तिप्रति चुनौती दिएका छन् । यस्तोमा उनका आगामी चलचित्रले दर्शक नतानेसम्म ऋचालाई यो चुनौती रहिरहने छ ।
कमसेकम सुनकेशरीले सफलतता पायो भनेपनि उनले यो चूनौतीलाई सहजै साम्य पार्न सक्नेछिन् । जुन चलचित्रलाई उनले आफैँ निर्माण गरेकी हुनभने सिनेमा डरलाग्दो कथा बन्ने बिस्वास छ उनमा । यसलाई उनले हरर फिल्मको दर्जा दिएकी छन् । अब सिनेमा हलमा लागेपछि दिपक र दिपा भने कत्तिको डराउने छन् त्यो त सुनकेशरी रिलिज भएपछि थाह हुनेछ ।
यस्तै सन्दर्भमा यू ट्युबमा उनको बलिउडको सिनेमा ‘क्यारी अन कुत्तों’ सार्वजनिक भएको छ । एक महिना बितिसक्दा यसलाई जम्मा १.५ मिलियनले मात्र हेरेका छन् ।
छक्कापञ्जा २ काे समिक्षा पुरा पढ्नुहाेस्
https://l.facebook.com/l.php?u=http%3A%2F%2Fnepalaaja.com%2F2017%2F10%2F201710184211&h=ATP6qszMhUhhawICA6MecM8rYiYwX373ZCOZLrtJxXVRexQI9mGxyTxIPERc5fbZJPW-r1hGBKDIH8AMl6_cszM4Df21R3au-jtfvcD6f9IlwMKRWXOfUUhtbHhJcH3bpvB6HMg7JLuW