मनोरञ्जन

दीपिकालाई पारिश्रमिक सोधेपछि यस्तो जवाफ दिइन

दीपिकालाई पारिश्रमिक सोधेपछि यस्तो जवाफ दिइन


मुम्बई । दीपिका पादुकोण बलिउडको सबैभन्दा महंगो कलाकारमा पर्छिन्। उनको फिस बलिउडको नायकहरु भन्दा पनि बढी हुने गरेको छ।

उनको निमार्णाधीन चलचित्र पद्मावतीमा पारिश्रमिक दुई जना नायक शाहिद कपुर र रणवीर सिंहभन्दा बढी भएको खबर बाहिरिएको थियो। मंगलबार फिल्मको थ्रीडी ट्रेलर लञ्चको अवसरमा सार्वजनिक भएकी दीपिकालाई त्यही उपस्थित एकजनाले सोधेका थिए, ‘तपाईको पारिश्रमिक कति होर ?’

 उनले त्यो कार्यक्रममा आफ्नो पारिश्रमिकको खुलासा गरिनन् । तर, प्रश्न गर्ने व्यक्तिलाई मिठो जवाफ दिइन्। भारतीय न्युज संस्था पिटिआईका अनुसार दीपिकाले आफ्नो पारिश्रमिकको विषयमा यस्तो जवाफ दिएकी थिइन्, ‘मेरो फीको विषयमा कुरा गर्नु त्यति राम्रो हुने छैन्। तर, मलाई जति पैसा प्राप्त भएको छ। यसबाट म गर्व र विश्वास छ। तपाई पनि आफ्नो पारिश्रमिकबाट खुसी हुनुहुन्छ होला, जुन तपाईले पाउनु भएको छ। यो भन्दा पनि खुसीको कुरा निर्माताले फिल्ममा मनग्यै पैसा खर्च गरेका छन् र पोस्टरमा म छु।’

विशेष