इतिहासमा आज

५२ वर्ष लागे किङ खान, यस्तो छ उनको फिटनेस

५२ वर्ष लागे किङ खान, यस्तो छ उनको फिटनेस

मुम्बई । बलिउडका किङ खान शाहरुख आज ५२ वर्षमा प्रवेश गरेका छन्। आफ्नो जन्मदिनमा उनले अलिबागस्थित फर्महाउसमा परिवारका सदस्य तथा नजिकका साथीहरुलाई ठूलो पार्टीको निम्तो दिएका छन्।

बुधबार मात्र शाहरुखकी श्रीमती गौरी खान र छोरी सुहानासहित केही बलिउड स्टारलाई गेट वे अफ इन्डियाको बाहिर अलिबाग जानका लागि फेरीमा चढ्दै गरेको देखिएको थियो।

अमिताभको छोरी श्वेता बच्चन, चंकी पाण्डेकी श्रीमती भावना, सुहानाका मिल्ने साथीहरु अनन्या पाण्डे, ऋतिक रोशनकी पूर्व श्रीमती सुजैन खान, सोहेल खानकी श्रीमती सीमा खान, सञ्जय कपुरको श्रीमती महीपलगायत थुप्रै अलिबागतर्फ लागेका थिए।

शाहरुखको पार्टीमा आलिया भट्ट, अनुष्का शर्मा, करण जोहरलगायत थुप्रै सेलिब्रेटीको जमघट हुने बताइएको छ। शाहरुख र गौरीले आफ्नो विवाहको २६ औं उत्सव यही अलिबाग फार्ममा मनाएका थिए।

पार्टीभन्दा अगाडि करण जोहरले आफ्नो इन्स्टाग्राममा सेयर गरेको फोटोमा सिद्धार्थ मल्होत्रा, फरहा खान, काजल आनन्द, केटरिना कैफ पनि देखा परेका छन्।

विशेष