मुख्य समाचार

स्वास्थ्यमा प्रदेश २ र ६ पछाडि

स्वास्थ्यमा प्रदेश २ र ६ पछाडि

काठमाडौं । मुलुकले समातेको नयाँ राजनीतिक बाटो ९संघीय संरचना०लाई व्यवहारिक रुप दिन देशभर निर्वाचन हुँदैछ । समृद्ध मुलुक निर्माणको अपेक्षा राखिएको संघीयता कार्यान्वयनसँगै निर्मित नयाँ प्रशासनिक संरचनाअन्तर्गतका २ र ६ नम्बर प्रदेश स्वास्थ्य सूचकमा सबैभन्दा पछाडि देखिएका छन् ।

प्रदेश २ मा तराईका बारादेखि सप्तरीसम्मका ८ जिल्ला र ६ मा सल्यानदेखि हुम्लासम्मका १० जिल्ला पर्छन् । सन् १९९६ देखि प्रत्येक पाँच वर्षमा हुँदै आएको सर्वेक्षणले पहिलोपटक प्रदेशका आधारमा तुलनात्मक आँकडा निकालेको हो ।

सामाजिक र आर्थिक विकासको आधार मानिने स्वास्थ्य अवस्थामा सुधान नगरीकनै ती प्रदेशले आशातीत रुपमा विकासको गति लिन नसक्ने अवस्था देखिएको छ ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ ले बाल, मातृस्वास्थ्य, परिवार नियोजन, खोप लगाउने दर, गर्भवती जाँच, नवजात मृत्युजस्ता विषयमा यी दुवै प्रदेशको अवस्था निकै पछाडि देखाएको हो ।

नागरिक

विशेष