मुख्य समाचार

उदयपुरमा बम विष्फोट, उम्मेदवारसहित ४ घाइते

उदयपुरमा बम विष्फोट, उम्मेदवारसहित ४ घाइते


उदयपुर । उयपुरमा बुधबार बिहान बम विस्फोट हुँदा उम्मेदवारसहित चार जना घाइते भएका छन् ।

उदयपुरगढी नगरपालिका-६ मा बम विस्फोट हुँदा उदयपुर क्षेत्र नं २ का कांग्रेस उम्मेदवार नारायणबहादुर कार्की गम्भीर घाइते भएको प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठले जानकारी दिए ।

कार्की निवर्तमान सांसद हुन् । २०७० को चुनावमा विजयी भएपछि उनीसांसद बनेका थिए । प्रमुख जिल्ला अधिकारी श्रेष्ठका अनुसार बम विस्फोटमा परी राजन कार्की, धनमाया धौलाकोटी र निरा कटुवाल घाइते भएका छन् । घाइते सबै कांग्रेस कार्यकर्ता भएको बुझिएको छ ।

विशेष