मुख्य समाचार

कालिकोटमा जीप दुर्घटना ३ को मृत्यु, ६ घाइते

कालिकोटमा जीप दुर्घटना ३ को मृत्यु, ६ घाइते


कालिकोट। कालिकोटको अस्पतालमोडमा जिप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ ।

६ जना घाइते भएका छन् । मुगुबाट नेपालगञ्जका लागि छुटेको लु २ च २००३ नम्बरको बोलेरो जिप मंगलबार राति कालिकोटको अस्पतालमोडमा दुर्घटना भएको हो ।

दुर्घटनामा परि मृत्यु हुनेमा मुगुको भिई–७ का ४५ वर्षका जयरुप बुमी, श्रीनगर–३ का ४६ वर्षका नरबिक्रम मल्ल र जुम्लाको चन्द्रनाथ–१४ कार्तिकस्वामीका युदुराज न्यौपाने रहेको प्रहरीले जनाएको छ ।

घाइते मध्य एकको अवस्था गम्भीर रहेको छ । घाइतेको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ ।

विशेष