मनोरञ्जन

धुर्मस र सुन्तलीको आज ‘एनिभर्सरी डे’ : धुर्मुस बने राजा सुन्तली रानी (भिडियोसहित)

धुर्मस र सुन्तलीको आज ‘एनिभर्सरी डे’ : धुर्मुस बने राजा सुन्तली रानी (भिडियोसहित)

काठमाडौं । आज मसिर १४ गते नेपालका लोकप्रिय कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेको विवाह भएको दिन । आज भन्दा ठिक ९ वर्ष अगाडि उनीहरुको विवाह भएको थियो ।

नेपाल टेलिभिजनबाट प्रसारण हुने हास्य टेलिसृंखला मेरी बास्यैबाट सँगै अभिनय थालेको यो जोडी केही वर्षअघि विवाह बन्धनमा बाँधिएको थियो ।

पछिल्लो समय अभिनयलाई भन्दा समाजसेवालाई प्राथमिकतामा राखेका धुर्मुस सुन्तलीले आफ्नो विवाहले एक दशक लामो समय बिताउन सकेको उपलक्ष्यमा ‘तिमी राजा म रानी ’ बोलको गीत सार्वजनिक गरेका छन् । जसलाई नेपालका चर्चित गायक राजेश पायल राई र अञ्जु पन्तले स्वर दिएका छन् । गीतको भिडियो आज बिहान ८ बजे सार्वजनिक गरिएको छ ।

तीन घण्टामा करिब १५००० मानिसले भिडीयो हेरिसकेका छन् । गीतमा एक अर्काको उपस्थितिले जिन्दगी सफल भएको कुरा व्यक्त गरिएको छ ।

https://www.youtube.com/watch?feature=share&v=JJCYbJB-sHQ&app=desktop

विशेष