खेल

प्रिमियर लिगमा म्यानचेस्टर सिटी, चेल्सी र आर्सनल विजयी

प्रिमियर लिगमा म्यानचेस्टर सिटी, चेल्सी र आर्सनल विजयी

 

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी, चेल्सी, आर्सनल र लिभरपुल विजयी भएका छन् । तालिकाको शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीले साउथह्याम्पटनलाई २-१ ले पराजित गर्‍यो ।

म्यान सिटीका लागि केभिन डे ब्रायन र राहिम स्टर्लीङले एक एक गोल गर्दा साउथह्याम्पटनका ओरियोल रोमिउले एक गोल फर्काए । बुधबार राती चेल्सीले स्वान्सी सिटीलाई १-० ले हराउँदा एन्टोनियो रुडिगरले निर्णायक गोल गरे ।

यसैगरी ओलिभर जिरुको दुई गोल प्रेरित आर्सनलले हडर्सफिल्ड टाउनलाई ५-० ले हरायो । आर्सनलका लागि अलेक्जेण्डर लाकाजेट, अलेक्सिस सान्चेज र मेसुत ओजिलले थप ३ गोल गरे ।

प्रिमियर लिग फुटबलकै अर्को खेलमा लिभरपुलले स्टोक सिटीलाई ३-० ले हराउँदा मोहोमद सालाहले दुई तथा सादियो मानेले एक गोल गरे । प्रिमियर लिगअन्तर्गत बुधबार राती भएका अन्य खेलमा एभर्टनले वेष्ट ह्याम युनाईटेडलाई ४-० ले हराउँदा बर्न्लेले बर्नमाउथमाथि २-१ को जित निकाल्यो ।

रातीका खेलपछि अंक तालिकामा १४ खेलबाट ४० अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा यथावत छ । दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडको ३२ अंक छ भने २९ अंक जोडेको चेल्सी तेस्रो तथा २८ अंक जोडेको आर्सनल चौथो स्थानमा रहेका छन् ।

विशेष