अपराध सुरक्षा मुख्य समाचार

२२ दिनले दियो ऐतिहासिक खुसी, रथी थापा प्रधानसेनापति पक्का

२२ दिनले दियो ऐतिहासिक खुसी, रथी थापा प्रधानसेनापति पक्का

काठमाडौं । नेपाली सेनाका रथी पूर्णचन्द्र थापा नयाँ प्रधानसेनापति बन्ने पक्कापक्की भएको छ । बलाधिकृत रथी (लेफ्टिनेन्ट जनरल) बलदेवराज महतले हिजो बिहीबार (१६ कात्तिक) मा अवकाश पाएसँगै रथी थापालाई नयाँ प्रधानसेनापतिमा हेरिएको हो ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीले २४ भदौ २०७५ मा अनिवार्य अवकाश पाउँदैछन् । त्यसपछि नेपाली सेनाको कमाण्ड रथी थापाको हातमा आउने छ ।

त्यसो त पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री छँदा नै तत्कालिन सरकारले रथी थापाको प्रधानसेनापति बन्ने बाटो निश्चित गरिसकेको थियो । थापाको रथी पद (दुई वर्ष) १५ असोज २०७४ मा सकिँदै थियो । तर, प्रचण्ड सरकारले रथी थापाको उमेर रहेको भन्दै एक वर्षे पदावधि थप गर्ने निर्णय गरेलगत्तै उनलाई भावी प्रधानसेनापति बन्न बाटो खोलिदिएको थियो । गत ४ जेठमा थापासँगै रथी महतको पनि पदावधि थप गरिएको थियो । उनको दुई वर्षे पदावधि साउन ८ मा सकिँदै थियो । पदावधि नथपिएको भए उनी त्यसैदिन अवकास पाउने थिए । रथी महतले ५८ वर्ष उमेरका कारण अवकाश पाएका हुन् । ५८ वर्ष उमेर नपुगेका रथीको पदावधि थप गर्न सकिने व्यवस्था सैनिक ऐनमा छ ।

रथी महतले अवकाश पाएसँगै थापा प्रधानसेनापति पछाडिको दोस्रो वरीयतामा उक्लिएका छन् । थापाको रथी पद १५ असोज २०७४ सम्म भएपनि त्यसअगावै प्रधानसेनापति क्षत्रीले २४ भदौ ०७५ मा अवकाश पाउने छन् । त्यसैले उनलाई भावी प्रधानसेनापतिमा हेरिएको हो । प्रधानसेनापतिको पदावधि तीन वर्षको हुन्छ । उमेर हद ६१ वर्षको । थापा २४ भदौ २०७८ सम्म प्रधानसेनापति बन्नेछन् ।

विशेष