मध्यरात छतमा बसेर मोबाइलमा कुरा गर्दा सशस्त्रका जवान ठहरै
संखुवासभा । संखुवासभाको चैनपुरमा शुक्रबार मध्यराति कार्यालयको छतबाट खसेर एक जना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । छतबाट खसेर खाँदबारी–४ बरुवालगाउँ निवासी चन्द्रमणि काफ्लेको ज्यान गएको हो । डियुटीमै रहेका बेला शुक्रबार बिहान ३ बजेतिर मोबाइलमा कुरा गर्दैगर्दा उनी छतबाट खसेको जनाएको छ ।
सात वर्षदेखि सशस्त्र प्रहरीमा कार्यरत काफ्ले सरुवा भएर करिब डेढ वर्षअघि मात्रै सशस्त्र प्रहरी अरुण दल गुल्म चैनपुर घर पायक भनेर आएका थिए । काफ्लेको शव अन्त्येष्टिका लागि आफन्तलाई बुझाइ सकिएको छ । उनको आजै अरुण नदीमा दाहसंस्कार गरिएको छ ।