मनोरञ्जन

अजय देवगनका कारण विवाह हुन पाएन यी नायिकाको, यस्तो छ कारण

अजय देवगनका कारण विवाह हुन पाएन यी नायिकाको, यस्तो छ कारण

एजेन्सी । बलिउड अभिनेत्री तब्बु आज ४६ वर्षकी भएकी छिन् । ४ नोधेम्बर १९७१ मा हैदरबादमा जन्मिएकी तब्बुको असली नाम तबस्सुम फातिमा हासमी हो । केही महिना पहिला तब्बुले खुलासा गर्दै उनले अभिनेता अजय देवगनको कारण आफू आजसम्म सिंगल रहेको बताएकी छिन् । अजय र तब्बुले हालै रिलिज भएको फिल्म ‘गोलमाल अगेन’ मा सँगै काम गरिसकेका छन् ।

एक अन्तर्वार्तामा बोल्दै तब्बुले भनिन्, ‘अजय र म एक अर्कालाई २५ वर्षसम्म एक अर्कालाई चिन्छौं । उनी मेरो कजिन समीर आर्याको साथी र मेरो पनि एकदम मिल्ने साथी पनि हुन् । उनी म माथि खुब निगरानी राख्ने गर्थे । यदि कुनै पनि केटाले मलाई मन पराउँथ्यो भने समीर र अजय केटालाई पिट्ने धम्की दिने गर्थे । दुवै एकदमै बदमास थिए । आजसम्म पनि म सिंगल हुनुको कारण मात्र अजय देवगन हुन् ।’

तब्बुको दक्षिण भारतीय सुपरस्टार नागर्जुनसँग पनि अफेयर रहेको थियो । तर, यी दुईको विवाह भने हुन पाएन । नागर्जुन पहिला नै विवाहित थिए र उनी आफ्नी श्रीमतिलाई डिभोर्स दिन सकेनन् । आफ्नो सम्बन्धको कुनै भविष्य नदेखेपछि तब्बु नागर्जुनबाट आफैं टाढा भइन् ।

Ajay Devgan

विशेष