समाज

उपेन्द्र यादवको नागरिकता प्रमाणपत्रमा गरियो भद्दा मजाक

उपेन्द्र यादवको नागरिकता प्रमाणपत्रमा गरियो भद्दा मजाक

काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको नागरिकता प्रमाण पत्र मजाकको विषय बनेको छ । मजाक बन्नुको कारक यादव स्वयं भने होइनन् ।

सुरुमा त यो नागरिकता प्रमाण पत्र नक्कली हो कि सक्कली छुट्टयाउन नै मुस्किल पर्छ । किनभने फोटोसपको मद्यतबाट आजकल भगवान गौतम बुद्धलाई पनि नेपाली नागरिकता दिइएको फोटाहरु इन्टरनेट, सामाजिक सञ्जालहरुमा भेटिन्छ । यादवका प्रेस संयोजक महेस चौरसियाले सुरुमै प्रष्ट पारे कि यो नागरिकताको प्रमाण पत्र सक्कली हो । जिल्ला प्रशासन कार्यालय सुनसरीले यादवलाई दिएकै यहि हो ।

तर नियालेर हेरौं त यादवको जन्म मितिमा जन्मेको साल महिना र गते लेखिनु पर्नेमा लेखिएको छ, ‘१७ वर्ष’ छ ।
६२–६३ सालको परिवर्तन अघि नेपाल सरकारको सट्टा ‘श्री ५ को सरकार’ लेखिन्थ्यो । यो दृष्टिले यादवले नागरिकता ६२÷६३ पछि निकालेको निश्चित छ । तर उनले त्यो बेलामा पहिलो पटक भने नागरिकता निकालेका थिए त ?

बास्तवमा पहिलो पटक निकाले नहुनु पर्ने हो । किनभने यादव मधेस आन्दोलनबाट स्थापित हुनु अघि नै पूर्वी तराईमा कहिले एमाले त कहिले माओवादीबाट राजनीति गर्थे । यदि उनले पुरानो नागरिकता हराएर यो नयाँ निकालेको हो भने नागरिकतामै प्रतिलिपि लेखिनु पर्ने हो । तर त्यस्तो केही लेखिएको छैन ।
बाबुको नामथर र ठेगाना लेखिएको छ । तर बाबुको नागरिकताबारे केही लेखिएको छैन ।

नागरिकता प्रमाणपत्रमा विवरण भर्ने कर्मचारीको ‘हेन्डराइटिङ’को स्तर र प्रमाणपत्र जारी गर्ने प्रशासकीय अधिकृत दीनानाथ लम्सालको स्तर उस्तै लाग्छ । यस्तो प्रमाणपत्रमा हस्ताक्षर गर्ने अधिकृत लम्साल कसरी अधिकृत बने भन्ने नै रहस्यमय भएको छ । यादवको नागरिकता प्रमाण पत्रमा यस्तो मजाक गरिदिनेहरु जिल्ला प्रशासन कार्यालय सुनसरीका तत्कालीन कर्मचारीहरु नै हुन् ।

उपेन्द्र यादवका प्रेस संयोजक चौरसिया भन्छन्, ‘मलाई पनि अनौठो लाग्यो । अध्यक्षज्यूसँग कुरा पनि गरेँ । उहाँले जिप्रकाबाट पाएकै यस्तै हो भन्नु भएपछि विश्वास गर्न कर लाग्यो ।’

विशेष