एएफसी यू–१९ छनोटः नेपाल युएईसँग पनि पराजित
एएफसी यू–१९ फुटबल च्याम्पियनसिपको छनोटअन्गर्तत नेपालले शनिबार युएईसँगकाे खेलमा पनि पराजित भएकाे छ ।
नेपाल युएईसँग १–० गाेलले पराजित भएकाे हाे । युएईका खल्फान हसनले खेलको ७२ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । नेपालले ८९ औँ मिनेटमा पाएको पेनाल्टीलाई पनि गोलमा परिणत गर्न सकेन ।
कीर्गिस्तानमा जारी छनोट प्रतियोगितामा नेपालले झिनो सम्भावना कायम गर्नपनि युएईसँगको खेल जित्नै पर्ने बाध्यता थियाे । कीर्गिस्तानको बिस्केकस्थित डोलेन ओमरजाकोभ स्टेडियममा भएकाे उक्त खेलमा पनि पराजित भएसँगै नेपालकाे छनाेट हुने सम्भावना समाप्त भएकाे छ ।
नेपालले आफ्नो पहिलो खेलमा आयोजक कीर्गिस्तानसँग २–० र दोस्रो खेलमा बहराइनसँग ४–० ले पराजित भएको थियो । दुई खेल खेल्दा अंकविहिन रहेको नेपाल ५ टोली सम्मिलित समूह ए को पूछारमा छ । नेपालले अन्तिम खेल २२ गते अाेमनसँग खेल्नेछ ।
nepal football