मनोरञ्जन

कपिलकी प्रेमिका भन्छिन्, ‘कपिलले रक्सी खान छोडेमात्र विवाह गर्छु’

कपिलकी प्रेमिका भन्छिन्, ‘कपिलले रक्सी खान छोडेमात्र विवाह गर्छु’

एजेन्सी । बलिउडका चर्चित कमेडियन कपिल शर्मा चाँडै नै आफनी प्रेमिका गिन्नी चतरथसँग विवाह गर्ने योजनामा छन् । स्रोतले जनाएअनुसार, गिन्नीका परिवारले विवाहको गर्न र कपिलसँग्को सम्बन्धबारे खुलाउनको लागि दबाब दिइरहेका छन् । कपिलकी आमा पनि यही चाहन्छिन् । तर, गिन्नी आफ्नो सबै काम पूरा भएपछि मात्र कपिलसँग विवाह गर्ने बताउँछिन् ।

स्रोतले जनाएअनुसार, गिन्नी कपिलसँगै विवाह गर्न चाहन्छिन् तर उनको एउटा शर्त छ । उनी भन्छिन् की, उनी कपिलसँग त्यतिबेला विवाह गर्छिन् जब कपिलले रक्सी खान छोड्छन् । कपिलले गिन्नीको यस शर्त पनि पालना गरिसकेका छन् । अर्थात्, जाँड रक्सी खान छोडिसकेका छन् ।

हाल कपिल आफू अभिनित फिल्म ‘फिरंगी’ को प्रचारमा व्यस्त छन् । फिल्म यही नोभेम्बर १० मा प्रदर्शन हुने बताइएको छ ।

विशेष