संकटा सेमिफाइनलमा

नवलपरासीमा जारी राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आजको खेलमा संकटा क्लब विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
संकटाले वीरगन्ज युथ क्लबलाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा अाफ्नाे स्थान सुरक्षित गरेकाे हाे । संकटाको जितकाे लागि ४३ आैँ मिनेटमा सजिन थापा र ४९ औँ मिनेटमा माटिन अजाजीले एक–एक गोल गरे ।
त्यसपछि खेलमा दुवै पक्षबाट कुनै गोल हुन सकेन र संकटाले खेल अाफ्नाे पक्षमा राख्न सफल रह्याे । आइतबार देशभक्त फुटबल क्लब नवलपरासी र एपिएफ काठमाडाँैबीच खेल हुने आयोजकले जनाएको छ ।
nepali football sankata