मनोरञ्जन

मिस अर्थको उपाधि फिलिपिन्सकी कारेनले जितिन

मिस अर्थको उपाधि फिलिपिन्सकी कारेनले जितिन


काठमाडौं । फिजिक्स प्रोफेसर मिस फिलिपिन्स कारेन इबास्कोले मिस अर्थ २०१७ को उपाधि पाएकी छिन्। आफ्नै देशमा शनिबार भएको प्रतियोगितामा उनले उपाधि जितेकी हुन् ।

मिस अर्थमा नेपालको प्रतिनिधित्व रोजिना श्रेष्ठले गरेकी थिइन् । उनी प्रारम्भिक चरणबाटै बाहिरिइन् । १७ औँ संस्करणको मिस अर्थमा मिस अर्थ एयर मिस अस्ट्रेलिया निना रोबर्टसन भइन् भने रुसी सुन्दरी लादा अकिमोभा मिस अर्थ फायर भइन् । मिस अर्थ कोलम्बियाले मिस अर्थ वाटरको उपाधि पाइन् ।

विशेष