मनोरञ्जन

गुमनाम ‘स्वरकिन्‍नरी’

गुमनाम ‘स्वरकिन्‍नरी’

काठमाडौं । अनामनगरको गल्ली छिचोल्दै म्युजिक बैंक आइपुगिन् विमला लामा थिङ। प्लास्टिकको बैजनी चप्पल ढोकाबाहिर खोलेर ६७ वर्षीया स्टुडियोभित्र पसिन् गीत रेकर्ड गराउन। विमला ती गायिका हुन्, जसको सपना १६ पटकसम्म रेडियो नेपालको स्वर परीक्षामा ‘असफल’ हुँदासमेत मरेन।

‘मेरो गीत आज रेकर्ड होला त बाबु  ‘, रेर्कडिङमा व्यस्त कृष्ण पुनलाई कुप्रो ज्यानले नमस्कार टक्र्याउँदै प्रश्न गरिन्। कृष्णको हाउभाउले शुभ बताइरहेको थियो। उनी सोफामा बसिन्। एकछिन सुस्ताइन् अनि घडी हेरिन्। त्यसपछि झोलाबाट सीडीका पोका र कागजका टुक्रा निकालिन् ‘गीत रेकर्ड गराउन पैसा कहाँबाट ल्याउनुहुन्छ नि आमा  ‘ कृष्णले विमलालाई सोधे। उनले पुलुक्क हेरिन्। एकछिन चुपचाप बसिन्।

‘महिनाको एक हजार एकल महिलाको भत्ता आउँछ। त्यही जम्मा गरेर रेकर्ड गर्छु’, विमलाको भनाइ मार्मिक थियो। उनको भनाइले स्टुडियोमा सन्नाटा छायो। उनी भने गीतका पानाहरू मिलाउन व्यस्त थिइन्।

अन्नपूर्ण

विशेष