मनोरञ्जन

५२ औं जन्मदिन मनाइरहँदा शाहरुख खानको मोबाइल र पर्स चोरी

५२ औं जन्मदिन मनाइरहँदा शाहरुख खानको मोबाइल र पर्स चोरी


काठमाडौं । बिहिबार आफ्नो ५२ औं जन्मदिन मनाएका बलिउडका अभिनेता शाहरुख खानको पर्स र मोबाइल चोरी भएको छ ।

शारुखको जन्मदिनको कार्यक्रम हेर्न उनको घरमा आएका एक दर्जन दर्शकहरुको पर्स र मोबाइल पनि चोरी भएको बताइएको छ । खानको जन्मदिनमा शाहरुखका नातेदार र बलिउडका कलाकारहरुको उपस्थिति रहेको थियो । जन्मदिनको पार्टीमा करण जौहर,आलिया भट्ट, सिद्धार्थ मल्होत्रा, कटरीना कैफ, दीपिका पादुकोण, श्वेता बच्चन नंदा र फराह खानको उपस्थित रहेका थिए ।  

शाहरुखले आफ्नो जन्मदिनको अवसरमा आफ्ना शुभचिन्तकलाई धन्यवाद दिदैं भगवानले आफूलाई धेरै चिज दिएको तर भगवानलाई आफूले केहि दिन नपाएको गुनासो समेत गरेका थिए । उनले आफ्नो जन्मदिनमा आउने आफ्ना साथीहरुले के गिफ्ट ल्याएका थिएसम्मको जानकारी दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

विशेष