स्वास्थ्य

अदुवा खानुहोस् फाइदै फाइदा

अदुवा खानुहोस् फाइदै फाइदा

अदुवामा पाइने जिंगीवारिन र विसावोलिन रसायनिक तत्वले मुटु एवं रक्तनलीमा जम्मा भएको बोसोयुक्त तत्वलाइ कोलेस्ट्रोल पगाल्न मद्धत गर्छ । अदुवाले रक्तसञ्चार क्रियालाइ व्यवस्थित राख्छ ।  

उल्टी रोक्ने, गाडीमा चढ्दा रिँगटा लाग्ने र खाद्य विषाक्तबाट हुने असर कम गराउन प्रभावकारी मानिएको छ ।  

आयुर्वेद चिकित्सामा श्वासप्रश्वास एवं जोर्नीसम्बन्धि रोगमा प्रयोग गरिने औषधिका साथमा अदुवाको रस प्रयोग गर्ने सल्लाह दिइन्छ ।  

अदुवाको धुलो २ देखि ३ ग्राम दिनको दुईपटक सेवन गर्दा जोर्नी, श्वासप्रश्वास एवं पाचन अंगको समस्या कम हुन्छ ।

अदुवा मुटुरोगीले धेरै प्रयोग गर्नुहुँदैन । साथै पित्तथैली एवं मिर्गौलाको पत्थरी भएमा प्रयोग गर्ने सल्लाह दिइदैन ।

विशेष