मुख्य समाचार

उम्मेदवारले आज चुनाव चिन्ह पाउने, उम्मेदवारी फिर्ता लिन चाहे फिर्ता लिन सकिने

उम्मेदवारले आज चुनाव चिन्ह पाउने, उम्मेदवारी फिर्ता लिन चाहे फिर्ता लिन सकिने


काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएकाहरुलाई आज निर्वाचन चिन्ह प्रदान गर्ने भएको छ ।

आयोगले उम्मेदवारहरुविरुद्ध परेका उजुरीको छानविन गरिसकेपछि आज निर्वाचन चिह्न प्रदान गर्न लागेको हो । आयोगले उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन चाहे आजैका लागि समय दिएको छ ।

उम्मेदवारी फिर्ता भइसकेपछि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरी निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार १ सय २८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि १ हजार ७ सय ४२ जनाको उम्मेदवारी परेको छ ।

यसैगरी प्रदेश सभातर्फको २ सय ५६ प्रतिनिधिका लागि २ हजार ९ सय ६६ जना मैदानमा खडा भएका छन् ।

विशेष