मुख्य समाचार

घरभाडा नतिरेको भन्दै पूर्वराष्ट्रपतिको नाम पत्रिकामा छापेर बेइज्जत गर्ने कस्तो घरबेटी ?

घरभाडा नतिरेको भन्दै पूर्वराष्ट्रपतिको नाम पत्रिकामा छापेर बेइज्जत गर्ने कस्तो घरबेटी ?

काठमाडौं । घरभाडा नतिरेको भन्दै पूर्वराष्ट्रपति डा. रामवरण यादवको नाम छापेर एक घरबेटीले सार्वजनिक बेइज्जत गरिदिएका छन् । पूर्वराष्ट्रपतिलाई सरकारले उपलब्ध गराएको भाडाको घरका धनीले यस्तो १५ दिने सूचना छापेर उनको बेइज्जत गरेका हुन् । राष्ट्रपतिका लागि जारी भएको सूचनाको शीर्षक छ, ‘राष्ट्रपति कार्यालय शितलनिवास काठमाडौं तथा पूर्वराष्ट्रपति रामवरण यादवज्यूलाई १५ दिन भित्र घर खाली गर्ने बारेको सूचना ।’

यस्तो विज्ञापन पत्रिकामा छाप्न लगाउने घरबेटी हुन् ललितपुर–४ का रविभक्त विष्ट । पूर्वराष्ट्रपतिलाई सरकारले दिएको सुविधामा केही गुनासो भए विष्टले सरकारसँग कुरा गर्नु पर्ने हुन्थ्यो । तर पूर्वराष्ट्रपतिको नाम पत्रिकामा छापेर उनले सार्वजनिक बेइज्जती गरिदिएका छन् । उनको दावी अनुसार गत साउतदेखि घरभाडाको सम्झौता भएको छैन । पूर्वराष्ट्रपतिलाई सरकारले जबर्जस्ती बसाएको उनको आरोप छ ।
राष्ट्रका विशिष्ट मानिसहरु आफ्नो घरमा भाडा मै नै सही बस्दा धेरैले गर्व गर्छन । तर विष्टले अपमान गरेका छन् ।

विशेष