मुख्य समाचार

सरकारले ल्यायो बाढी पीडितका लागि यस्तो राहत

सरकारले ल्यायो बाढी पीडितका लागि यस्तो राहत

काठमाडौं । सरकारले बाढी प्रभावित तराईबासीका लागि विशेष राहत योजना ल्याएको छ । बाढीगएको झण्डै ५ महिना पुग्नै लाग्दा बल्ल सरकारले बाढी प्रभावितका लागि विशेष राहत प्याकेज ल्याएको हो ।

आज बसेको मन्त्रीपरिषद् बठकले विशेष राहत योजनाको विस्तृत खाकालाई पास गरेको हो । सरकारले सो विशेष राहत योजना छिट्टै कार्यान्वयनमा ल्याउने बताएको छ । त्यसैगरी बैठकले ग्रामिण सडक सञ्जाल विस्तारका लागि एसियाली विकास बैठकबाट १ सय मिलियन अमेरीकी डलर ऋण सहायता लिने निर्णय पनि गरेको छ ।

ऋण सहायता लिने सम्बन्धमा वार्ता गर्न बैठकले वार्ता टोली गठन गर्ने निर्णय गरेको हो । यो सडक सञ्जालले १६ जिल्लाको ३ सय ८८ किलोमिटर ग्रामिण सडक स्तर उन्नति गरि कृषि उपजको बजार र पहुँच सुनिश्चित गर्ने अपेक्षा गरिएको छ । बैठकले सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव विनोद केसीलाई रक्षा मन्त्रालयमा ल्याउने निर्णय गरेको छ ।

विशेष