समाज

एक्साभेटर दुर्घटना हुँदा चालकको मृत्युु

एक्साभेटर  दुर्घटना हुँदा चालकको मृत्युु

नुवाकोट । धादिङको खनियाबास गाउँपालिका–५ सत्यदेवीमा आज एक्स्काभेटर दुर्घटना हुँदा नुवाकोटका चालकको मृत्यु भएको छ । 

सडक विस्तार गरिरहेको एक्स्काभेटर पल्टँदा विदुर नगरपालिका–११ गेर्खुका कृष्णबहादुर लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।

सडक विस्तार गरिरहेको एक्स्काभेटर पल्टिएर २० मि तल पुग्दा लामाको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ । मृतकको परिवारका सदस्य नुवाकोटबाट पुग्न बाँकी रहेकाले शव घटनास्थलमा नै छ । 

nuwakot

विशेष