मुख्य समाचार

यी हुन् भ्रष्टाचारी बहालवाला सचिव देखि पूर्व मुख्यसचिव सम्म (नामावलीसहित)

यी हुन् भ्रष्टाचारी बहालवाला सचिव देखि पूर्व मुख्यसचिव सम्म (नामावलीसहित)


काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रस्टाचार विरुद्ध धेरै सक्रियता देखाएको छ जसअनुरुप आइतबार दुई पूर्व उच्च अधिकारी राजेन्द्रकिशोर क्षत्री पनि परेका छन् । अख्तियारले पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षत्री छानविन थालेको हो । यसैगरी केही पूर्व सचिवसँग पनि अख्तियारले बयान लिएको छ ।

अकुत सम्पत्ति कमाएको आशंकामा अख्तियारले अहिले डेढ सयभन्दा बढी माथि छानविन गरिरहेको छ । अख्तियारले छानविनको दायरामा विभिन्न दलका नेताहरुलाई पनि ल्याउने तयारी गरिरहेको

विद्युत प्राधिकरणको ट्रान्स्र्फमर खरिद प्रकरणमा अख्तियार दुरुपयोग आयोगले पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षत्रीसँग बयान लिएको हो । उनीसँगै सचिव अर्जुनकुमार कार्की र पूर्वसचिव विश्वप्रकाश पण्डितसँग पनि बयान लिएको छ । ऊर्जा सचिव रहँदा गरेको निर्णयका आधारमा अख्तियारले तीन जनासँग बयान लिएको हो ।

अख्तियारले बहालवाला सचिव गजेन्द्र ठाकुर र काठमाडौं महानगरपालिकाका दुई डीएसपी धनपति सापकोटा र राजुनाथ पाण्डेमाथि पनि छानविन थालेको बताइएको छ ।

विशेष