मुख्य समाचार

आजबाट इम्बोस्ड नम्बरप्लेटकालागि अनलाइन फारम, यसरी भर्नुहोस फाराम

आजबाट इम्बोस्ड नम्बरप्लेटकालागि अनलाइन फारम, यसरी भर्नुहोस फाराम


काठमाडौं । सवारीसाधनको इम्बोस्ड नम्बरप्लेट जडानको अनलाइन फारम आजबाट खुलेको छ ।

सरकारले गत भदौ ५ गते सार्वजनिक गरेको इम्बोस्ड नम्बरप्लेटमा नेपालकै संविधानबाट खारेज भइसकेको अञ्चल लेखेर यातायात व्यवस्था विभागलगायत सरकारी १३ वटा सवारीसाधनमा इम्बोस्ड नम्बर प्रयोग गरिएको थियो ।

यातायात व्यवसायी र सर्वसाधारणको निरन्तरको विरोधपछि अञ्चल उल्लेखित इम्बोस्ड नम्बरप्लेटमा प्रदेश नम्बर लेखिने भएको हो ।

इम्बोस्ड नम्बरमा सरकारी कर्मचारीकै मनपरी बढेको र अञ्चल उल्लेख गरिनु संविधान विपरित भएको भन्दै गत भदौ २१ गते बुधबार बसेको संसद विकास समिति बैठकले इम्बोस्ड नम्बरको उत्पादन तत्काल रोक्न यातायात व्यवस्था विभागलाई निर्देशन दिएको थियो ।

“निर्देशनपछि इम्बोस्ड नम्बरको उत्पादन रोकेका थियौं,” यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले भने, “नम्बरप्लेट बनाउनका लागि प्रदेश अङ्कीत फ्रेमलगायत अन्य सामग्री जुटाइसकेका छौं, प्रदेश लेखिएका नम्बरका लागि अनलाइन आवेदन सोमबारबाट खुला गरिएको छ ।”

अञ्चल लेखिएको ठाउँमा प्रदेश नम्बर राख्ने गरी यातायात व्यवस्था नियमावली संशोधनको निर्णय राजपत्रमासमेत प्रकाशित भइसकेको पनि विभागको भनाइ छ ।

नेपाली अङ्क, अक्षरको फ्रेम पाइएन विभाग

इम्बोस्ड नम्बरप्लेटमा नेपाली अङ्क, अक्षर नलेखिएको प्रति तत्कालीन केही सांसदले उक्त बैठकमा प्रतिक्रिया जनाएका थिए ।

तत्कालीन मितिमा सम्पन्न संसदको विकास समितिको उक्त बैठकले इम्बोस्ड नम्बरप्लेटमा नेपाली अङ्क, अक्षर उल्लेख गर्नसमेत विभागलाई सुझाव दिएको थियो ।

यता विभागका महानिर्देशक रुपनारायण भट्टराईले नेपाली अङ्क, अक्षरको फ्रेम नपाइएकाले इम्बोस्ड नम्बर अंग्रेजीमा लेखिएको बताए ।

 कसरी भर्ने फारम

आवेदन भुर्नअघि सवारीसाधनको सम्पूर्ण कर दाखिला गरिसकेको हुनुनपर्नेछ । हाललाई सरकारी सवारीसाधनमा अनिवार्य र निजीमा स्वैच्छिक रुपमा इम्बोस्ड नम्बर जडान गर्ने सरकारको तयारी छ ।

पहिलो चरणमा तीनपांग्रे तथा चारपांग्रे साना तथा ठूला सवारी धनीले मात्रै इम्बोस्ड प्लेटका लागि आवेदन भर्न पाउनेछन् । यसका लागि टेम्पोलगायतका तीनपांग्रे साना सवारीसाधनलाई २ हजार ९ रुपैयाँ शुल्क लाग्नेछ ।

यसैगरी कार, जिप, डेलिभरी भ्यान तथा ट्रयाक्टरलगायत चारपांग्रे सवारीसाधनले इम्बोस्ड नम्बरप्लेट जडानका लागि ३ हजार २ सय रुपैयाँ शुल्क तोकिएको छ ।

शुल्क बुझाएको रसिद नम्बरसहित आफ्नो गाडीको सम्पूर्ण विवरण यातायात व्यवस्था विभागको वेबसाइड धधध।मयतm।नयख।लउ मा उपलब्ध अनलाइन फारमा भरेर आवेदन दर्ता गर्न सकिनेछ ।

काठमाडौंमा सफल कार्यान्वयन भएपछि आगामी ५ वर्षमा इम्बोस्ड नम्बर देशैभरि अनिवार्य गरिने सरकारको तयारी रहेको छ ।

विशेष