सफलताको कथा

एक सफल भारतीय महिला जसको मासिक तलब २ अर्ब रुपैया

एक सफल भारतीय महिला जसको मासिक तलब २ अर्ब रुपैया

एजेन्सी । इन्द्रा कृष्णमुर्ती नोइ पेप्सीको सिइओ हुन् । यो विश्वकै चौथो ठुलो फुड एण्ड विभरेज कम्पनी हो । भारतमा जन्मिएर अमेरिकन कार्यकारीको रुपमा काम गरिरहेकी छिन् । नोइ फोव्र्स म्यागजिनले गरेको वार्षिक सर्वेमा १०० जना शक्तिशाली महिलाको सुचीमा चौथो स्थानमा परेकी थिइन् ।

दक्षिण भारतीय परिवारसँग सम्बन्धित उनी अक्टोबर २८, १९५५ मा तामिलनाडुमा जन्मिएकी थिइन् । उनको पिता स्टेट बैंकमा काम गर्थे । हजुरबुबा भने जिल्ला अदालतमा न्यायधिश रहेका थिए । उनले आफ्नो स्कुलिङ होली एन्जल्स एआइएचएसएसबाट गरेकी थिइन् ।  

उनले स्नातक भने फिजिक्स, केमिस्ट्री र गणितमा स्नातक गरेकी थिइन् । सन् १९७४ मा स्नातकको पढाइ सकेपसछ उनले आइआइएम कोलकत्ताबाट फाइनान्स र मार्केटिङमा स्नाकोत्तर गरेकी थिइन् । पढाइमा अब्बल उनी निकै विद्रोही स्वभावकी पनि थिइन् । एमबिए सकाए पछि उनले एबीबीमा काम गर्न थालिन् । त्यसपश्चात उनले जोनसन एण्ड जोनसनमा प्रडक्ट म्यानेजर भएर काम गर्न लागिन् । आफ्नो करिअरलाई लिएर खासै चित्तो बुझ्दो काम नभएपछि उनले परिवारलाई अमेरिकाको ऐल विश्वविद्यालयमा पढ्न चाहेको बताइन् ।

अन्तत सन् १९७८ मा उनले पब्लिक एण्ड प्राइभेट म्यानेजमेन्टमा मास्टर्स गरिन् । ऐलमा पढ्ने क्रममा उनले रिसेप्सनिष्टको काम गरिन् । यसको पछाडिको कारण अचम्म लाग्दो रहेको छ । उनलाई वेस्टर्न टाइपको सुट चाहिएको थियो । यसअघि उनले अन्तर्वार्तामा कपडाका कारण नै रिजेक्ट हुनुपरेको थियो । अर्को अन्तर्वार्तामा उनले प्रोफेसरको भनाइलाई मनन गरिन् । प्रोफेसरले उनलाई आफुलाई जे सजिलो लाग्छ त्यही लागेर नडराइकन अन्तर्वार्ता दिन भनेका थिए । यसपटक उनले सारी लगाइन् । अन्तत जागिर पनि पाइन् । जे आफुलाई सजिलो हुन्छ त्यही कुरा लगाउनुपर्छ भन्ने कुरा उनले पछिल्ला दिनमा समेत मनन् गरिन् ।

पेप्सीमा काम गर्नु पुर्व नोइले बोस्टन कन्सल्टिङ ग्रुप र मोटररोला कम्पनीमा काम गरिसकेकी थिइन् । नोइले पेप्सीका सिइओ रोजर इनरिकोलाई राजी गराउन सफल भइन् । उनले कम्पनीको रेष्टुरेन्ट डिभिजनमा ब्राण्डहरु केएफसि, पिज्जा, हट, टाको बेलमा चिफ स्ट्राटिजी अफिसरको रुपमा काम गर्न थालिन् । उनी सन् २००१ मा पेप्सी कर्पोरेसन बोर्ड अफ डिरेक्टर्समा निर्वाचित भइन् भने त्यसपछि अध्यक्ष पदमा नियुक्त हुँदै चिफ फाइनानसिएल अफिसर भइन् । सिनिएर भाइस प्रेसिडेन्ट र चिफ फाइनानसिएल अधिकृत भएकी उनले पेप्सी कर्पोरेसन सिनियर भाइस प्रेसिडेन्ट, कर्पोरेट स्ट्राटिजी र डेभलबमेन्ट भएर सन् १९९६ देखि २०० सम्म काम गरेकी थिइन् । सन् २००६ मा उनले अर्को ठुलो छलाङ मारिन् । यो प्रगति गलिन् भनेर कसैले पनि सोचेका थिएनन् । चिफ एक्जीक्युटिभ अफिसरको रुपमा उनलाई पेप्सी कर्पोरेसनले नियुक्त गर्यो ।

बिजनेश विकले दिएको जानकारी अनुसार जब उनले सिएओको रुपमा काम गरिन् तब वार्षिक रेभेनिउ ७२ प्रतिशतले बढेको थिया भने कुल फाइदा सन् २००६ मा ५.६ बिलियन डलर भएको थियो ।

६० बिलियनभन्दा बढी रेभेनिउ रहेको पेप्सी कर्पोरेसनमा २ लाख ८५ हजार कर्मचारीहरु रहेका छन् । मार्केटको अवस्था राम्रोसँग बुझेकी नोइले मर्जरका विषयमा र नयाँ प्रडक्टलाई सधै अध्ययन गरी बजारमा ल्याउने प्रयास गरिन् जसमा उनी सफल भइन् । दुई छोरीकी आमा समेत रहेकी नोइलाई कलामा पनि विशेष रुची रहेको छ । उमेरले ५५ लागेकी उनको जीवन एकदमै साधारण रहेको छ भने हँसीमजाक गर्न उनी सधै अगाडि रहेकी छिन् । उनको यो सफलताले हरेकलाई अगाडि बढ्न प्रेरणा दिन्छ भने एउटा स्वभाव र लक्ष्यले मानिस सफल हुने नहुने लक्षणहरु देखाउँछ ।   आज उनको तलबको कुरा गर्ने हो भने धेरैलाई पत्याउन गाह्रो पर्छ । उनले गरेको सम्झौता अनुसार १९.१ मिलियन अमेरिकी डलर तलब खान्छिन् ।

विशेष