यस्तो आयो राप्रपाको घोषणापत्र (पूर्णपाठसहित)
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी पार्टीले घोषणापत्र सार्वजनिक गरेको हो ।
आज राजधानीमा चुनावी घोषणा पत्र सार्वजनिक गर्दै अध्यक्ष कमल थापाले राप्रपा वैल्पिक शक्तिको रुपमा उभिएको बताउनुभयो । पार्टीले मूलतः बीपीको मेलमिलाप सिद्धान्त र महेन्द्रीय राष्ट्रवादलाई प्रमुख आधार मान्ने अध्यक्ष थापाको भनाई छ ।
राप्रपाले विसं २००७ साल, २०४६ साल र २०६३-६३ सालको जनआन्दोलनलाई सम्मान गर्दै राजसंस्थाका लागि आफूहरु लड्ने उल्लेख गरेको छ । उसले चुनावी घोषणा पत्रमा कहिल्यै नेपाल बन्द नगर्ने, दस वर्षमा दस हजार मेगावाट विजुली उत्पादन गर्ने, रेलमार्ग तथा जलमार्गको लक्ष्य लिएको उल्लेख गरेको छ ।
राप्रपाले उसले कांग्रेससँगको गठबन्धनलाई स्वभाविक तर परिस्थितिजन्य आवश्यकता भएको उल्लेख गरेको छ । साथै घोषणापत्रमा हिन्दु राज्य पुनः स्थापना, राजासहितको प्रजातन्त्रलाई पनि सामेल गरिएको छ । प्रजातन्त्र र प्रजातान्त्रिक शक्तिहरु उग्रवामपन्थको धरापमा फस्दै गएको भन्दै घोषणापत्रमा राष्ट्रिय अखडण्तामा चुनौती थपिएको पनि उल्लेख छ।
घोषणापत्रमा खसआर्य समूदायको पहिचान र रक्षा, बालबालिका, जेष्ठ नागरिकको हित संरक्षण, भूपु सैनिक, निजामती कर्मचारीहरुको संरक्षण, यातायात विकास, भौतिक पूर्वाधारहरुको विकास, पर्यटन क्षेत्रको विकास, वन तथा वातावरण संरक्षण लगायतका विषय घोषणापत्रमा समेटिएका छन् ।