खेल

यू–१९ एसिया कप क्रिकेट खेल्न नेपाली टोली मलेसिया जाँदै

यू–१९ एसिया कप क्रिकेट खेल्न नेपाली टोली मलेसिया जाँदै

काठमाडौँ । एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियाेगिता खेल्न नेपाली युवा टाेली मंगलबार राति मलेसिया प्रस्थान गर्दैछ । पन्ध्र खेलाडीसहित २० सदस्यीय नेपाली टोली प्रतियोगिताको तयारीका लागि बंगलादेशमा पुगी तीन अभ्यास खेल खेलेर सोमबार मात्र नेपाल आइपुगेको हाे ।

सहभागी खेलाडीमा कप्तान दीपेन्द्रसिंह ऐरीसहित सन्दीप लामिछाने, असिफ शेख, अनिलकुमार शाह, पवन सर्राफ, सन्दीप सुनुवार, रोहितकुमार पौडेल, किशोर महतो, प्रनीत थापा मगर, साहब आलम, कमल सिंह, प्रकाश केसी, जीतेन्द्र सिंह, भीम सार्की र रसिद खान छन् । 

टोलीका मुख्य प्रशिक्षकमा विनोद दास र सहायक प्रशिक्षक कलम अली छन् । नेपालले आफ्नो पहिलो खेल यही कात्तिक २५ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । त्यसैगरी दोस्रो खेल कात्तिक २६ गते भारतसँग तथा समूह चरणको अन्तिम खेलमा कात्तिक २८ गते आयोजक मलेसियाको सामना गर्नेछ । 

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा आयोजक मलेसियासहित बंगलादेश र भारत तथा समूह ‘बी’ मा पाकिस्तान, श्रीलंका र अफगानिस्तान छन् । गत महिना मलेसियामा नै भएको इस्टर्न रिजन च्याम्पियनसिपमा नेपाल च्याम्पियन बन्दै यू–१९ एसिया कपका लागि छनोट भएको हो । 

cricket Nepal asia cup

विशेष