मनोरञ्जन

‘राई इज किङ डे’ अमेरीकाले मनाउने भएपछी दंग राजेश

नोभेम्बर ५ का दिनलाई रोचेस्टरमा ‘राई इज किङ डे’को रुपमा मनाउने

‘राई इज किङ डे’ अमेरीकाले मनाउने भएपछी दंग राजेश

अमेरिकाको सांगीतिक भ्रमणमा रहेका गायक राजेशपायल राईको सम्मानमा अमेरिकाको रोचेस्टरमा ‘राई इज किङ डे’ मनाइएको छ । राईको सम्मानमा आयोजित समारोहलाई गायक राईले आफ्नो सांगीतिक जीवनको सबैभन्दा ठूलो कमाई मानेका छन् । 

‘ बधाइ एबम शुभकामना दिए नि हुन्छ नदिए नि हुन्छ सिर्फ बिदेसी भुमिमा राम्रो गरेछ नेपाल को सिर उचच राखेछ भनेर सम्झी दिए पुग्छ आखिर मरेर यो धर्तिमा छोडेर जाने भनेकै सिर्जना मात्रै हो .. सुभ बिहानि दर्शन नमस्ते..’ उनले लेखेका छन् ।

 गायक राईका अनुसार रोचेस्टर सिटीका मेयर लभ्ली वारेनसहितको समुहले उनलाई संयुक्त रुपमा प्रमाणपत्रसहित सम्मान गरेका हुन् । हरेक वर्षको नोभेम्बर ५ का दिनलाई रोचेस्टरमा ‘राई इज किङ डे’को रुपमा मनाउने त्यहाँका मेयरले बताएका छन् ।

उक्त समारोहमा गायक राईलाई अन्तर्राष्ट्रिय पप स्टार भनेर सम्बोधन गरिएको थियो । राईलाई उक्त कार्यक्रमका लागि विमानस्थलदेखि नै अमेरिकी प्रहरीले सुरक्षा दिएर कार्यक्रमस्थलसम्म लगिएको थियो । नेपाली कलाकारलाई अमेरिकी प्रहरीले सुरक्षा दिएको यो नै पहिलो भएको त्यहाँका कार्यक्रम आयोजक विजय खड्काले बताए ।

 

विशेष