मनोरञ्जन

डिभोर्सपछि प्रेमीसँग विवाह गर्दै करिश्मा

डिभोर्सपछि प्रेमीसँग विवाह गर्दै करिश्मा

एजेन्सी । श्रीमानबाट अलग भएपछि लामो समसम्म ‘ब्योफ्रेण्ड’ सन्दीप तोशनीवालाई डेट गरिरहेकी बलिउड अभिनेत्री करिश्मा कपूरको दोस्रो विवाह तय भएको छ । मिडिया रिपोर्टले जनाएअनुसार, सन्दीप तोशनीवाल र उनकी श्रीमति आश्रिताले सात वर्षसम्मको डिभोर्सको लडाइ पछि आपसी सहमतिमा दुबैले अलग हुने निर्णय गरेका हुन् ।

सन्दीपले सन् २०१० मा नै डिभोर्सको केस दर्ता गरेका थिए । सन्दीप र आश्रिता कानूनी रुपमा अलग भएपछि अब कपूर खानदानमा फेरि विवाह हुन सक्ने अनुमान गरिएको छ ।

सन्दीप र आश्रीताबीच सात वर्षदेखि भएको डिभोर्सको लडाई सन् २०१७ मा आएर टुंगो लागेको हो । आपसी सम्झौतामा सन्दीपले आफ्नी दुवै छोरीहरुलाई ३ ३ करोड रुपैयाँ दिनेछन् । श्रीमति आश्रितालाई दुई करोड रुपैयाँ दिन राजी भएका छन् ।

सन्दीप र करिश्मा पछिल्लो समय विभिन्न समारोहमा एकसाथ देखिदैँ आएका छन् । सन्दीप करिश्माका बाबु रणधीर कपूरको ७० औं जन्मदिनको पार्टीमा पनि पुगेका थिए । केही समयअघि सन्दीपले करिश्मालाई जुहुस्थित एक अपार्टमेन्ट उपहारस्वरुप दिएको र दुवैजना अहिले ‘लिभ इन रिलेसन’ मा रहेको खबर पनि आएको थियो ।

सन्दीप भारतको एक लिडिङ फार्मास्युटिकल कम्पनीका सिइओ हुन् ।

 

karishma

विशेष