समाज

मध्यरातमा शौचालय जाँदा घर बाहिरै महिला बलात्कृत

मध्यरातमा शौचालय जाँदा घर बाहिरै महिला बलात्कृत

बाँके । जवरजस्ती करणी गरेको अभियोगमा जानकी गाउँपालिका–२ बस्ने २० बर्षीय उमेश यादवलाई प्रहरीले पक्राउ गरेको छ । यादवले गएराति नेपालगंज उपमहानगरपालिका–२० नयाँ बस्ती बस्ने  २४ बर्षीया विवाहित महिलालाई घरमा कोही नभएको अवस्थामा शौचालय गर्न घर बाहिर निस्कीएको अवस्थामा जवरजस्ती करणी गरेको बताइएको छ । 

पीडित महिलाले हो–हल्ला गरेपछि यादवलाई स्थानीय व्यक्तिहरुले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

विशेष