समाज

दुर्घटनामा एकको मृत्यु, १२ घाइते

दुर्घटनामा एकको मृत्यु, १२ घाइते

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको पश्चिम सुनवल क्षेत्रमा आज भएको फरक फरक सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् । 

पूर्वबाट पश्चिम आउँदै गरेको बा१०च ६२९८ नम्बरको कार सुनवल १३ सूर्यवस्तीमा अनियन्त्रित भई पलटिदा कारमा सवार नवलपरासी सुनवल–१२ हरकट्टाका २७ वर्षीय मदन पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका पौडेलको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो । 

यसैबीच, सुनवल नगरपालिका–१२ हरकट्टामा सवारी दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । ट्रक र यात्रुबाहक विंगर जिप एक आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको थियो । पश्चिमबाट पूर्व जाँदै गरेको ना ६ ख ८०७३ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको लु १ ज २४८३ नम्बरको विंगर जिप ठक्कर खाँदा जिपमा सवार १२ जना सामान्य घाइते भएकोे प्रहरीले जनाएको छ । 

nawalparasi

विशेष