प्रवास

छोरा-छोरी, बुहारी सबैजना इराक

छोरा-छोरी, बुहारी सबैजना इराक

सिन्धुपाल्चोक । गाउँमा दुस्खजिलो गरेर बस्ने नोर्वु र माइली शेर्पा दम्पत्ति आफ्ना घरमा कोही पाहुना आइपुगे ठाउँठहर थाहा नभएको इराक देशका बारे सोधिरहन्छन् । कारण शेर्पा दम्पत्तिका माइला छोरा वुहारी पेम्वा र पेमा, माइली छोरी मिङ्मा र जेठी बुहारी डोल्मा त्यही देश पुगेका रहेछन् ।

‘खोइ थाहै छैन, कता पर्छ यो देश,’ १० छोराछोरीका बाबु ५२ बर्षीय नोर्वुले भने, ‘माइली छोरी मिङ्मा त भुकम्प आउनुअघि इराक गएको हो । अरु छोरा, बुहारी र छोरी भने भुकम्पपछि गाउँ छाडेर हिंडेका हुन् ।’ शेर्पा दम्पत्तिकी साइँली छोरी दावा ल्हामु पनि दुवई गएको दुई वर्ष भैसकेको छ ।

कान्तिपुर

विशेष