ताजा खबर

सुस्मिताले टि–सर्ट उतारेपछि...

सुस्मिताले टि–सर्ट उतारेपछि...

मुम्बई । बलिउड अभिनेत्री सुस्मिता सेन अहिले इन्स्टाग्राममा सार्वजनिक गरिएको एउटा फोटोको कारणले चर्चाको शिखरमा छिन् ।  सुस्मिता सेने ४२ वर्षे उमेरमा पनि मस्त जवानी देखिने अभिनेत्री हुन् ।

फिल्म अभिनय छोडेर दुई छोरीहरूको स्याहार सुसारमा खटिएकी सुस्मिता ४२ वर्षको उमेरमा पनि आफ्नो फिटनेसको लागि उत्तिकै तल्लीन छिन् । यो उमेरमा पनि सिक्स प्याक बनाउने भूत चढेको छ उनलाई ।

हाल उनले इन्स्टाग्राम मार्फत् आफ्नो एब्स देखिएको फोटो सार्वजनिक गरेकी छिन् । राम्रोसँग एब्स देखियोस् भन्ने मनसायले सुस्मिताले फोटोमा टि सर्ट माथि उचालेकी छिन् । फोटो पोस्ट गर्दै उनले लेखेकी छिन् ‘एब्स बनाउने काम जारी छ ।’ उनका अनुसार आफ्नो ४२ औं जन्म दिनको मौकामा सिक्स प्याक बनाउने फैसला गरेको र सो पूरा गर्न लगातार ट्रेनिंग लिइरहेकी छिन् ।

फोटो पोस्ट गरे लगत्तै सुस्मिताले सोसल मिडियामार्फत् विभिन्न किसिमका प्रतिक्रियाहरू प्राप्त गरिरहेकी छिन् । कसैले तारिफ गरेका छन् भने कसैले बिहेको लागि प्रस्ताव समेत गरेका छन् ।

सुस्मिता सेन सन् १९९४ मा मिस युनिभर्सको क्राउन जित्ने पहिलो भारतीय महिला हुन् । यो टाइटल जित्नुभन्दा पहिले सुस्मिताले मिस इंडिया प्रतियोगितामा ऐश्वर्या रायलाई हराएकी थिइन् ।

विशेष