मनोरञ्जन

सनी लियोनीको ‘बार्बी गर्ल’ सार्वजनिक

सनी लियोनीको ‘बार्बी गर्ल’  सार्वजनिक

काठमाडौं। इन्टरनेटदेखि बलिउडसम्म सनसनी मच्चाउन सफल सनी लियोनी लामो समयदेखि ठूलो पर्दामा आइटम गर्लको रुपमा मात्र देखिएकी भए पनि अब बार्बी गर्ल बनेर फिल्म ‘तेरा इन्तजार’ मार्फत् पुरै फिल्ममा आउन लागेकी छिन् ।

सनी लियोनी अभिनित फिल्म ‘तेरा इन्तजार ‘ को नयाँ गीत बार्बी गर्लको टिजर सार्वजनिक गरिएको छ । उक्त गीतमा बार्बी डलको परम्परागत ड्रेस अर्थात् पिंकमा सजिएकी सनी आफ्नो हाउभाउ र सुन्दरताको माध्यमबाट पुनः दर्शक रिझाउन कस्सएकी छिन् ।

राजीव वालिया निर्देशित फिल्म ‘तेरा इंतजार’ एउटा रोमांटिक फिल्म हो जसमा अरबाज खान र सनी लियोनी मुख्य भूमिकामा देखिने छन् । फिल्म एउटा धनी व्यक्ति एउटा दूर्घटनामा परेको कहानीमा आधारित छ । फिल्मको सुटिंग मौरिससको सुन्दर समुन्द्री किनारामा गरिएको छ जसको तस्वीर सामाजिक संजालमार्फत् भाइरल पनि भएको थियो ।
उक्त गीतमा सनीको सोलो डान्सको कोरियोग्राफ मुदस्सर खानले गरेका हुन् भने गीतको कम्पोज राजा आशुले गरेका थिए ।गायन भने स्वाति शर्माको साथमा गोलुको रहेको छ ।

यो भन्दा अघि सनीले शाहरुखको रर्इस, अजय देवगनको बादशाह तथा संजय दत्तको भूमिमा आइटम गीत गरेकी थिइन् । बार्बी गर्लमा उनको अन्दाजलार्इ दर्शकले कसरी लिने हुन् त्यो भने हेर्न बाँकी नै छ।

विशेष