मनोरञ्जन

यसकारण कट्रिनासँग किस गर्न मानेनन् सलमानले

यसकारण कट्रिनासँग किस गर्न मानेनन् सलमानले

एजेन्सी । सलमान खान अभिनित वान्टेडुको एउटा संवाद एकदमै चर्चित छ  एक बार जो मैने कमिट्मेन्ट कर दी ... उसके बाद तो में खुद कि भि नहीं सुनता।

यो संवाद सलमानको अगामी रिलिज टाइगर जिन्दा हे फिल्मको हकमा एकदमै सही बनेको छ। सलमानको फिल्ममा नो किसिङको नियम लागिहाल्छ। यो नियमलाई उनले आफ्नो यस फिल्ममा पनि अक्षरशस् लागू गरेका छन्।

फिल्म सम्बद्ध स्रोतका अनुसार फिल्मको कथाको हिसाबले सलमानले केही अन्तरंग दृश्य दिन अस्वीकार गरे। फिल्मको कथाअनुसार एक सिनमा कैटरिन र सलमानबीच केही अन्तरंग दृश्य देखाउनुपर्ने थियो। ती दृश्य कथाको मागअनुसार नै भए पनि सलमानले अस्वीकार गरे।

निर्देशक अलि अब्बास जाफरले सलमानलाई अनेक तरिकाले सम्झाउने प्रयास गरे पनि सलमान आफ्नो पूर्व अडानबाट टसका मस भएनन्। अन्ततस् निर्देशकले फिल्मको सिन नै चेन्ज गरिदिए र आफ्नो दृश्यलाई बचाए।

टाइगर जिन्दा हे २२ डिसेम्बरमा रिलिज हुँदैछ

विशेष