स्वास्थ्य

चिसोबाट बच्न चाहनुहुन्छ, यसो गर्नुहोस्

चिसोबाट बच्न चाहनुहुन्छ, यसो गर्नुहोस्


मौसम परिवर्तन संगै मानिसहरुमा विभिन्न संक्रमण हुने गर्दछन । चिसो मौषममा जीवन शैली ठिकठाकसंग चलेन भने स्वास्थ्य खराब हुन सक्छ । चिसोको मौषममा रुघा खोकी, स्वास सम्बन्धी समस्या, घाँटी, आँखा नाक र कान र छालामा संक्रमण भई दुख झेल्नु पर्छ । यी समस्याबाट यसरी बच्न सकिन्छ ।

विहान मर्निङ वाक नगरौ

चिकित्सकहरुका अनुसार चिसो मौषममा विहान मर्निङ वाक गर्नु हानिकारक हुन्छ । सूर्योदय हुन अघि मौषम ओसिलो हुन्छ । उक्त समयमा फुलका पराग कणहरु हावाको ओसिलो पनाका कारण जमेर बसेका हुन्छन तीनै कणले हाम्रो छालालाई हानी पर्याउछन । त्यसकारण सूर्योदय पछि मात्र मर्निङ वाक गर्दा राम्रो हुन्छ ।

बालबालिकालाई चिसोबाट कसरी बचाउने

चिसोबाट सबैभन्दा बढी प्रभावित बालबालिकाहरु हुन्छन । चिसोका कारण धेरै बालबालिकाहरुको ज्यान गएको समाचारहरु हामीले थाहा पाउदै आएका छौ । त्यसकारण सूर्योदय हुनु अघि बालबिलकाहरुलाई घरबाहिर निस्कन नदिऔ ।

घाम लागि सकेपछि मात्र उनीहरुलाई बाहिर निस्कन दिनु उपयुक्त हुन्छ र साझँ सूर्य डुवी सकेपछि घर बाहिर खेल्न पनि दिनु हुदैन । चिसोको मौषममा दिउसो पनि बालबालिकाहरुलाई न्यानो लुगा, टोपी, पन्जा, मुखमा मास्क र जिरो पावरवाला चश्मा लगाएर मात्र सार्वजनिक स्थानमा जानु दिऔ । बालबालिकाहरुलाई तातो पानी खान दिऔं ।

 चिसोमा के खाने के नखाने 

आजकाल मानिसहरुले घरमा पकाउन अल्छि गर्छन र बजारमा आकर्षक प्याकिङमा पाइने खानेकुरा खान्छन । तर ती खानेकुराले मानिसको शरीरमा कति नोक्सान पुर्याउछ भन्ने कुरा थाहा पाउन जरुरी छ ।

 बजारमा पाईने भुजिया नमकीन मिठाई विभिन्न पेय पदार्थहरुमा धेरै मात्रामा चीनी, बोसोजन्य पदार्थ र सोडियम जस्ता मानव शरीरलाई नोक्सान पुर्याउने पदार्थ हुन्छन । यी पदार्थको सेवनले रोगसंग लडने क्षमतामा ह्रास ल्याउछ । त्यसकारण यस्ता चिजहरुबाट यसरी बचौ ।

आफ्नै बारीमा फलेका फलफुल र तरकारी खाऔं ।

दिनमा ३ र ४ पटक काजु बदाम जस्ता पोसिला ड्राईफ्रुट खाने बानी बसालौ ।

दैनिक ३ देखि ४ लिटरसम्म पानी पिऔं । यदी यति धेरै पानी पिउन कठिनाई भइरहेको छ भने दुध, दही,लस्सी, नरिवलको पानि, कागतीपानी पनि पिउन सक्नु हुन्छ ।

सकिन्छ भने अमला र अम्बा दैनिक खाने गरौ । यी दुई फलमा एन्टी अक्सिडेन्टस नामको पदार्थ हुन्छ जसले रोगसंग लडन मद्दत पुर्याउछ ।

प्रोटिनयुक्त खाध्यपदार्थ नियमित खाऔं । दिनमा ५०र६० ग्राम प्रोटिनयुक्त खाना अनिवार्य खाऔं ।

दैनिक आधा घण्टा अनिवार्य शारीरिक व्यायम गरौं ।

विशेष