स्वास्थ्य

यस्ताछन् कपाल बलियो बनाउने घरेलु उपाय

यस्ताछन् कपाल बलियो बनाउने घरेलु उपाय

एजेन्सी । कपाल झर्ने समस्याले धेरैलाई सताएको छ । कपाल कमजोर भएकै कारण यस्ता समस्या आइपर्छन् । कपाललाई बलियो बनाउँन विभिन्न स्यम्पो, कन्डिसनर तथा आयुर्वेदको प्रयोग गरिने गरिन्छ । घरायासी सामाग्रीको पनि प्रयोग गरेर कपाललाई बलियो बनाउँन सकिन्छ । धनियाँ — प्रतिदिन एक ग्लास धनियाँको जुस पिउने गर्नाले कपाल झर्ने समस्या कम हुँदै जान्छ । कपालमा धनियाँको जुस लगाएर पनि कपाललाई बलियो र चम्किलो बनाउँन सकिन्छ ।

लसुन — लसुनको झोल कपालमा दल्नाले कपाल झर्न कम हुन्छ र झरेको ठाउँमा कपाल आउँन पनि सुरु हुन्छ । कपालमा लसुनको झोल दल्दा टाउकाको रक्तसञ्चारर तीव्र हुन्छ र कपालको जरा बलियो हुन्छ ।

प्याज — प्याजमा एन्टिसेप्टिक गुण हुन्छ । प्याजको रस कपालमा लगाएर केही मिनेट पछि धुनाले कपाल बलियो र चम्किलो हुन्छ । खोइरो(एलोपेसिया) लागेका मानिसका लागि प्याजको रस दल्नु लभदायक हुन्छ ।

गाजर — गाजरमा बेटा—क्यारोटिन प्रचुर मात्रामा पाइन्छ, जसले गर्दा गनजर खाने मानिसको कपाल बाक्लो र चम्किलो हुन्छ । गाजरमा भिटामिन सी पनि पाइन्छ । जुन कपालको लागि एकदमै उपयुक्त हुन्छ । कपाललाई राम्रो बनाउनको लागि हरेक दिन एक ग्लास गाजरको जुस खानु उपयुक्त हुन्छ ।

विशेष