मनोरञ्जन

आयुष्मान छोडेर दिपकलाई जुरुक्कै पारिन् प्रियंकाले

आयुष्मान छोडेर दिपकलाई जुरुक्कै पारिन् प्रियंकाले

काठमाडौं । अभिनेत्री निशा अधिकारीको पहिलो डेब्यु निर्माण फिल्म ‘झ्यानाकुटी’ को प्रचार तरिका गज्जबको छ ।

फिल्मको पोस्टरमा बेनिशा हमालले नायक सौगात बस्नेतलाई बोकेकी छिन् । त्यसको सिको गर्दै निशाले प्रचारलाई बलयो बनाउन ‘फ्लावर पावर’ प्रतियोगिता नै सुरु गरिन् । जित्नेलाई ५१ हजार नगद पुरस्कार ।

धेरै आम मानिसदेखि सेलिब्रेटिले पनि यो प्रतियोगितालाई साथ दिएका छन् । आफ्नो प्रेमी या दाजु भाइ जो भएपनि केटालाई जुरुक्कै बोकेको फोटो फेसबुकमा हालेर झ्यानाकुटी पेजलाई ट्याग गर्ने । सार्वधिक लाइक पाउनेलाई नगद पुरस्कार ।

नायिका प्रियंका कार्कीले पनि यसको समर्थ नगरेकी छिन् । फिल्म ‘सक्रुगते’ को सुटिङमा रहेकी प्रियंकाले प्रेमी आयुष्मानलाई नपाएपछि कलाकार दिपकराज गिरीलाई जुरुक्कै बोकेकी छिन् । दिपकराज गिरीले आफ्नो आधिकारिक फेसबुक उक्त फोटो सेयर गरेका थिए ।

विशेष