मनोरञ्जन

फेरि एक हुँदै कपिल र सुनिल, भेटघाट नभए पनि मेसेजमा कुरा गर्छन्

फेरि एक हुँदै कपिल र सुनिल, भेटघाट नभए पनि मेसेजमा कुरा गर्छन्

एजेन्सी । बलिउड कमेडियन कपिल शर्मा र सुनिल ग्रोभरको झगडाले सञ्चारमाध्यममा तरंगै मच्चायो । झगडा पछि सुनिलले कपिलको सो छोडे । कपिलले कति माफी माग्दा पनि नफर्किएका सुनिलबारे कपिलले एक अन्तर्वार्तामा खुलासा गरेका छन् ।

कपिलले भने, ‘सुनिल र मेरो लामो समयदेखि भेटघाट भएको छैन । तर,हामी मेसेजमा कुरा गर्छौं । ऊ फर्किनेबित्तिकै हामी नयाँ सोबारे छलफल गर्ने छौं । हामी सँगै काम गर्छौं भन्नेबारे मलाई पनि आशा छ ।’

सुनिलसँगको झगडाबारे बोल्दै उनले आफ्नो व्यवहारले मित्रतामा असर पुगेको र मानिस भएर सबैले गल्ती गर्ने बताउँदै आफ्नो गल्ती स्वीकार गरे ।
हालै कपिल आफू अभिनित फिल्म ‘फिरंगी’ को प्रचार प्रसारमा व्यस्त छन् । फिल्म २४ नोभेम्बरमा रिलिज हुँदै छ ।

विशेष