मुख्य समाचार

कांग्रेसको भावी प्रधानमन्त्री रामचन्द्र पौडेलः शशांक कोइराला

कांग्रेसको भावी प्रधानमन्त्री रामचन्द्र पौडेलः शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले चुनावपछि कांग्रेसले सरकारको नेतृत्व गर्ने अवस्था आए शेरबहादुर देउवाको विकल्प खोज्नुपर्ने बताएका छन् । उनले वरिष्ठ नेता रामचन्द्र पौडेलसँगै आफूलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेका छन् ।

बीबीसी नेपाली सेवालाई दिएको अन्तरवार्तामा कांग्रेस महामन्त्री कोइरालाले भने, ‘शेरबहादुरजी पार्टी सभापति हुनुहुन्छ । उहाँलाई लाग्दो होला म नै प्रधानमन्त्री बनुँ । तर, हामीले प्रधानमन्त्रीमा परिर्वतन आउनुपर्छ ।’

महामन्त्री कोइरालाले वरिष्ठ नेता पौडेललाई मात्र होइन, आफैंलाई पनि प्रधानमन्त्रीको दाबेदारका रुपमा प्रस्तुत गरेका छन् । कोइरालाले भने, ‘रामचन्द्र पौडेल छन्, नेतृत्व लिन ममा के कमी छ र  क्षमता छ ।’

पौडेलको पक्ष किन लिएको भन्ने प्रश्नमा उनले प्रधानमन्त्रीमा हुनुपर्ने सबै गुण उनमा रहेको रहेको बताए । ०४८ मा अघि सारिएको एक व्यक्ति एक अवधारणा स्मरण गर्दै उनले यो अहिले पनि ठीक हुने बताए ।

कांग्रेसले प्रदेशसभा र प्रतिनिधिसभा चुनावका लागि हालै मात्र सार्वजनिक गरेको घोषणापत्रमा भावी प्रधानमन्त्रीका रुपमा कसैलाई पनि प्रस्तुत गरिएको छैन ।

विशेष