मनोरञ्जन

तीन करोडको झुट बोले निखिलले

तीन करोडको झुट बोले निखिलले


काठमाडौं । गफ दिनलाई त कसैले निलिख उप्रेतीसँग सिकोस् । गफ दिन यति माहिर छन् कि दिउँसै आकासको तारा झार्न सकेकाले नै निखिलले पाँच वर्ष पछि कमब्याक गर्दा पनि खाली बस्नु परेको छैन् ।

एकसे एक फिल्म छन् । पछिल्लो समय निखिल आफै निर्देशक भएर कमिटमेन्ट शीर्षकको फिल्म निर्देशन गरिरहेका छन् । यो फिल्मको विशेषता के हो भने यो नेपालको अहिलेसम्मकै महंगो बजेटमा बनिरहेको फिल्म थियो । फिल्मको बजेट तीन करोड, फिल्म बलिउडका टप भिलेनले अभिनय गर्ने घोषणाको बखतमा नै बताइएको थियो ।

बलिउडमा भिलेन रञ्जित, सियाली सिन्दे आदि कलाकारले फिल्म खेलेको छ संचारमाध्यममा देखियो, पत्याइयो पनि । तर, फिल्मको बजेट तीन करोड भन्ने कुरा भने पत्याउन गाहे भइरहेको छ । किनकी केही संचारमाध्यमालई आधार मान्ने हो भने निखिलले सम्झौता अनुसार प्राविधिकलाई पैसा नदिएपछि फिल्मको सुटिङ नै ठप्प पारेका थिए । निखिलले भने १५ दिन भित्र प्राविधिकको पैसा दिने बाचा गरेका छन् ।

निखिलका फिल्मबाट अहिलेसम्म दर्शक ठगिँदै आएका थिए, तर हुँदा हुँदा काम गर्ने प्राविधिक पनि ठगिन थालेछन् ।

विशेष