मनोरञ्जन

कोमल वलीको विचल्ली

कोमल वलीको विचल्ली


काठमाडौं । अरुले तीजमा गतिलो श्रीमान पाँऊ भन्दै गीत गाएरहँदा कोमल वली भने पोइलजान पाम भन्दै क्रान्तिकारी गीत गाँउथिन । वलीको बिहे भएन, त्यसैले गीतमा भनेजस्तै पोइल जाने कुरा पनि भएन ।

तर, तामझामका साथ रेडियो नेपालको जागिर छाडेर राप्रपा नेपालमा प्रवेश गरेकी वलीले राप्रपामा लामो समय भने विताउन सकिनन् । आन्तरिक विवादले पार्टी दुई टुक्रा भएपछि वलीले बलेको आगो ताप्ने निर्णय गरिन । गाईको सेवा गर्नुको साटो सूर्यको ताप सहने निर्णय गरिन, अर्थात उनी एमालेमा प्रवेश गरिन् ।

वली एमालेमा प्रवेश गर्दा उनलाई प्रतिनिधीसभामा प्रत्यक्षतर्फकै उम्मेदवारको रुपमा मिडियामा चर्चा थियो । नभन्दै जिल्लाबाट केन्द्रमा वलीको सिफिारिस भयो । तर अन्त्यमा एमालेले वलीलाई सिफारिस गरेन । वली पनि के कम ? उनले पनि दाङ क्षेत्रनम्बर ३ बाट बागी बन्ने निर्णय गरिन, तर बागी बनेको चौबिस घण्टापनि नबित्दै उनले उम्मेदवारी फिर्ता लिइन ।

कलाकारिताबाट पार्टीमा प्रवेश गरेका कसैले पनि आजसम्म गतिलो स्थान पाउन सकेका छैन्न् । कहिले के त कहिले के भनेर वलीको त एमालेले
बिचल्ली नै बनायो ।

विशेष